onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बहुचर्चित एभरेष्ट प्रिमियर लिग आज बाट सुरु : उद्घाटन खेल मा बिराटनगर र ललितपुर भिडने

मङ्सिर २२ , अनलाईन खेलखबर || अन्ततः प्रतीक्षा को घडी समाप्त भएको छ , आज देखि नेपाल को घरेलु क्रीकेट को बहुचर्चित क्रीकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को सुरुवात हुदैँछ ।

यसअघि का दुई सस्करण बाट धेरै उत्साहित र सफल बनेको ईपिएल , अहिले निकै नै लोकप्रिय बनेको छ । घरेलु क्रीकेट मा पहिलो पटक टिकट किनेर खेल हेर्न जानू र धेरै सङ्ख्या मा समर्थक तथा दर्शक को आगमन ले त्यसको पुष्ठि गरिसकेको छ ।

अघिल्लो संस्करण मा खेल हेर्न खेल मैदान मा आएको सङ्ख्या त्यो आफै मा लोभलाग्दो थियो , प्ले अफ का खेल र विशेष गरि फाईनल खेल मा दर्शक को ठूलो उपस्थिति थियो , जुन ईतिहासिक किर्तिमानि समेत बनेको थियो ।

कुनै घरेलु क्रीकेट प्रतियोगिता मा यति साथ ईपिएल ले नै पहिलो पटक पाएको हो , र यसको निरन्तरता दिन अहिले आयोजक हरदम लागिपरेको छ ।

प्रतियोगिता कति सफल भयो , त्यसको एक मात्र मापन भनेको , खेल मैदान मा दर्शक को उपस्थिति , टेलिभिजन तथा अनलाईन अबलोकन र चर्चा परिचर्चा ले नै निर्धारण गर्ने हुँदा ईपिएल अरु भन्दा धेरै माथी रहेको छ । यस मा कुनै दुईमत छैन ।

ईपिएल झन पछि झन अझै सफल हुने सुरुवाती सङ्केत मिल्न थालिसकेको छ , स्वदेश तथा बिदेश मा राम्रो चर्चा अहिले ईपिएल को भईरहेको छ अबस्था छ ।

यसपटक आयोजक ले खेल सगैँ यस मा जोडिने मनोरञ्जनात्मक कुरा मा पनि विशेष ध्यान गएको प्रस्टै देखिन्छ , चाहे त्यो बिदेशी ब्याबसाहिक चीयरलीडर्स, होस या बिदेशी टेलिभिजन कमेन्टेटर हरु हुन , खास भनेको बिदेशी उत्कृष्ट अनुभवी खेलाडी हरु यस पटक पनि ईपिएल खेल्दैछन । जसमा टेस्ट रास्ट का खेलाडी देखि , एसोसियट का चर्चित ठुला अनुहार यस संस्करण को ईपिएल मा देख्न सकिनेछ ।

जसले अहिले सबैतिर चर्चा , र खेल हेर्ने दशक का लागि रौनकता थपेको छ । नेपाली खेलाडी शीत बिदेशी तडक्का पक्कै पनि हेर्न लायक हुनेछ ।

करिव १५ दिन सम्म चल्ने प्रतियोगिता मा देश का विभिन्न कुल ६ वटा फ़्रेन्चाइज टिमहरु सहभागी हुनेछन । जसमा बिराटनगर वारियर्स , काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडीयटर्स, चितवन टाईगर्स र पोखरा राइनोज रहेका छ्न ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा हुने सम्पुर्ण खेल लाई एपिवान टेलिभिजन बाट प्रत्यक्ष हेर्ने सकिने छ भने अनलाईन मार्फत नेपालफ्लिक्स को मोबाईल एप्स बाट संसार भर हेर्न सकिने छ ।

यस्तै खेल हेर्न खेल मैदान जाने दर्शक का लागि
डिजिपे एप्स मार्फत अनलाइन र प्रत्यक्ष मैदान मै गयर टिकेट लिन सकिने ब्यबस्था मिलाईएको छ । जसमा दुई किसिमको टिकट निर्धारण गरिएको छ । पहिलो १ सय रुपैया को जेनेरल टिकट र दोस्रो मा ५० रुपैया को बिद्यार्थी टिकट रहेको छ । बिद्यार्थी परिचय पत्र हुने ले यो सहुलियत सुबिधा प्राप्त गर्नेछ्न ।

यता आज प्रतियोगिता को उद्घाटन खेल मा बिराटनगर र ललितपुर भिडनेछन जुन खेल १ बजेपछी हुनेछ भने यसअघि प्रतियोगिता को उद्घाटन सत्र हुनेछ , जहाँ अथिती को साथ मा मनोरञ्जनात्मक प्रस्तुती समेत हुने छ ।

प्रतिक्रिया दिनुहोस्