दाङ – कपिलवस्तु महिला मैत्रीपुर्ण क्रीकेट सिरिज को पहिलो दिन मा दाङ ठूलो अन्तर ले बिजयी

दाङ – कपिलवस्तु महिला मैत्रीपुर्ण क्रीकेट सिरिज को पहिलो दिन मा दाङ ठूलो अन्तर ले बिजयी

मङ्सिर २१ , अनलाईन खेलखबर || दाङ क्रीकेट संघ को आयोजना मा दाङ – कपिलवस्तु महिला मैत्रीपुर्ण क्रीकेट सिरिज को आज पहिलो दिन दाङ क्रीकेट संघ ठूलो अन्तरले बिजयी भएको छ ।

आज दाङ घोराही स्थित गुलरिया क्रीकेट मैदान मा भएको खेल मा पाहुना टोलि कपिलवस्तु को निर्भाना क्रीकेट एकेडेमी लाई १ सय ६१ रनले पराजित गरेको छ ।

खेल मा ट्स जितेर दाङ क्रीकेट संघ ले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओवर पुरै खेल्दै ४ बिकेट गुमाएर १ सय ९८ रनको ठूलो स्कोर खडा गरेको थियो । दाङ लाई ठूलो स्कोर तर्फ पुर्याउन नगिता पुन ले अर्धसतकिय ५४ रनको पारी खेलिन । यस्तै दाङ का लागि सरस्वती जिएम ले ३१ र लक्ष्मी चौधरी ले २६ रनको पारी खेलिन ।

बलिग तर्फ निर्भाना का लागि गोमा आले ले २ तथा कबिता आचार्य र साबित्रा जिसि ले समान १/१ बिकेट लिएका थिए ।

यसपछि १ सय ९९ रनको ठूलो लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको निर्भाना कपिलवस्तु ले निकै कमजोर प्रदशन गर्दै ८.५ ओवर मा मात्र ३७ रन भित्र अलआउट हुन पुग्यो ।

कपिलबस्तु लाई कम स्कोर मा रोक्न लक्ष्मी चौधरी ले ३ तथा समिक्षा भन्डारी ले २ यस्तै युवा सर्मा र कप्तान सर्मिला रोका मगर ले समान १/१ बिकेट लिईन ।

यो सिरिज लाई आसन्न आठौ र्राष्ट्रिय खेलकुद प्रतियोगिता को तयारी को स्वरुप अन्तर्गत यो मैत्रीपुर्ण क्रीकेट सिरिज गरिएको दाङ क्रीकेट संघ का अध्यक्ष प्रदिप मजगैया ले अनलाईन खेलखबर लाई बताउनु भयो । सिरिज अन्तर्गत भोलि सनिवार पनि मैत्रीपुर्ण खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *