onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ईपीएल सुरुवात को अघिल्लो दिन आज यस्तो देखियो टियु मैदान ( भिडियो र फोटोफिचर सहित )

मङ्सिर २१ , अनलाईन खेलखबर || भोलि सनिवार देखि हुन गईरहेको नेपाल को चर्चित घरेलु लिग एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को पुर्बसन्धा मा अहिले खेल हुने त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान को स्वरुप नै फेरिने गरि चिटिक्क बनाएको छ ।

प्रतियोगिता लाई भब्य र सभ्य वनाउन आयोजक ले खेल मैदान देखि चारैतिर सजावट गरि , सुन्दर बनाएको छ ।

आयोजक का अनुसार लगभग सबै काम सकिएको र बरिवरी सजावट को काम मात्र बाकी रहेको छ । त्यसका लागि काम तिब्र गती मा भईरह्को छ ।

नेपाली घरेलु क्रीकेट प्रतियोगिता मा सबैभन्दा धेरै चर्चित ईपिएल मा देश का विभिन्न कुल ६ वटा फ़्रेन्चाइज टिमहरु सहभागी हुनेछन । जसमा बिराटनगर वारियर्स , काठमाडौँ किंग्स ११ , ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडीयटर्स, चितवन टाईगर्स र पोखरा राइनोज रहेका छ्न ।

ईपिएल सुरु हुने अघिल्लो दिन आज भिआईपी बक्स , मिडिया बक्स , पिच लाईन , बिज्ञापन म्याट का कार्यहरु भएका थिए ।

भोलि सनिवार देखि सुरु हुने प्रतियोगिता पुस ७ गते सम्म चल्नेछ । प्रतियोगिता को उद्घाटन खेल मा बिराटनगर र ललितपुर भिडनेछन जुन खेल १ बजेपछी हुनेछ भने यसअघि प्रतियोगिता को उद्घाटन सत्र हुनेछ , जहाँ अथिती को साथ मा मनोरञ्जनात्मक प्रस्तुती समेत हुने छ ।

भिडियो मा पनि हेर्नुहोस

फोटोहरु पनि हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्