onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिप कलेज भर्ना : क्रीकेट सगैँ अध्ययन लाई पनि निरन्तरता दिने सोच

मङ्सिर १८ , अनलाईन खेलखबर || नेपाली युवा क्रीकेटर सन्दिप लामिछाने ले आफ्नो अध्ययन लाई निरंतरता दिने क्रम मा बौद्धस्थित जेभियर इन्टरनेसनल कलेज मा भर्ना भएका छ्न ।

क्रीकेट सगैँ पढाइ लाई पनि सग सगैँ लैजाने ईक्छा सहित आज उनी स्वयम् कलेज मा उपस्थिति जनाउदै आफनो भर्ना फर्म आफै भरेका थिए ।

उनलाई एक कार्यक्रम गरि कलेज ले स्वागत गरेको थियो । जेभियर इन्टरनेसनल स्कुल र कलेजका ब्रान्ड एम्बासडर समेत रहेका उनले
मानविकी संकाय अन्तर्गत बिएसडब्लु अर्थात ब्याचलर इन सोसल वर्क मा भर्ना भएका हुन ।

करिव तीन बर्षको कोर्श का लागि सन्दिप लाई कलेज ले छात्रवृत्ति प्रदान गरेको छ । अब उनले क्रीकेट सगैँ अध्ययन लाई पनि निरंतरता दिने बताए ।

सन्दिपको अहिले ब्यस्थता स्वाभाविक रुपमा निकै बढेको छ । उनी भखरै युएई मा सम्पन्न टि-१० लिग खेली स्वदेस फर्किएका हुन । उनी अब यहाँ केही दिन रहने छ्न , यहाँ रहदां यहि आउदो मङ्सिर २२ देखि पुस ७ गते सम्म त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर मा हुन गईरहेको एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) का सुरुवाती दुई खेल आफ्नो टिम ललितपुर बाट खेल्नेछ्न । र बाकि का खेल गुमाउने छ्न ।

यसपछि ईपिएल को दौरान बिश्वको चर्चित अष्ट्रेलिया को उच्च डिभिजनको क्रिकेट लिग ‘बिग बास’ खेल्ने छ्न । सन्दीपले मेलबर्न स्टार्स बाट बिग बास’ खेल्ने छ्न ।

उनको ब्यस्तता क्रमश बढदै जाने छ उनी यस संस्करण को ईन्डियन प्रिमियर लिग ( आईपिएल ) , पाकिस्तान सुपर लिग ( पिएसएल ) र बांग्लादेश प्रीमियर लीग( बिपिएल ) पनि उनी खेल्दै छ्न ।

प्रतिक्रिया दिनुहोस्