onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नर्थन वारियर्स बन्यो टि -१० लिगको च्याम्पियन

मङ्सिर १७ , अनलाईन खेलखबर || युएई मा गएराती सम्पन्न टि-१० लिग को उपाधी नर्थन वारियर्स ले उचालेको छ ।

शारजाह क्रीकेट एसोसिएसन रंगशाला मा भएको फाईनल खेल मा पख्तुन लाई २२ रनले पराजित गर्दै दोस्रो संस्करण को च्याम्पियन नर्थन वारियर्स भएको हो ।

फाईनल खेल मा ट्स हारेर पहिले ब्याटिङ गरेको नर्थन ले निर्धारित १० ओवर पुरै खेल्दै ३ बिकेट को नोक्सानी मा १ सय ४० रन बनाएको थियो । नर्थन का लागि रोभमान पावेल ले सर्बाधिक ६१ रनको पारी खेले २५ बलको सामना गरेका उनले ८ चौका र ४ छ्क्का समेत प्रहार गरे । यस्तै एन्द्रे रसेल ले ३८ रन र ड्यायन सामि ले अबिजित रहदै १४ रनको योगदान गरे ।

बलिग तर्फ पख्तुन का सरफुदिन असराफ , साहिद अफ्रिदि र मोहम्मद ईरफान ले समान १/१ बिकेट लिए ।

यसपछि १ सय ४१ रनको बिजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको पख्तुन निर्धारित १० ओवर पुरै खेल्दै ७ बिकेट गुमाएर १ सय १८ रन मा सिमित हुँदा नर्थन ले लिग को उपाधी उचालेको हो ।

पख्तुन का लागि एन्द्रे फेटचर ले ३७ , सफिगुल्ला साफिक ले २६ र कप्तान साहिद अफ्रिदि ले १७ रन बनाउनु बाहेक अन्य ले उल्लेख्य प्रदशन गर्न नसकेपछी टिम पराजित हुन पुग्यो ।

बलिग तर्फ नर्थन वारियर्स का लागि गृस गिरिन र हरदुस भिलजोन ले समान २/२ बिकेट लिए भने रबि भोपरा ले १ बिकेट लिन सफल भए ।

दोस्रो संस्करण सम्म आईपुग्दा यसपटक नेपाली का लागि पनि खास रहयो , नेपाल का युवा लेग स्पिनर सन्दिप लामिछाने पहिलो संस्करण को बिजेता केरला बाट यसपटक खेलेका थिए ।

उनको टिम केरला लिग चरण बाटै बाहिरीएको थियो । केरला लिग मा खेलेका ६ खेल मध्य २ जित , १ बराबरी र ३ खेल मा पराजित हुन पुगेको थियो ।

सन्दिप को प्रदशन पनि मिश्रित रहयो । लिग मा सुरुवाती धेरै राम्रो गरेका उनले अन्तिम तिर का खेल मा केही महगाँ साबित हुन पुगेका थिए ।

सन्दिप लाई केरला ले ३० हजार अमेरिकन डलर मा अनुबन्धित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्