onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

युनाईटेड क्रीकेट एकेडेमी बिरगंज बन्यो मिलानो’ नेक्सस कप को च्याम्पियन

मङ्सिर १५ , अनलाईन खेलखबर || मुलपानी क्रीकेट मैदान मा भएको मिलानो नेक्सस कप यु -१६ टि- ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी युनाईटेड क्रीकेट एकेडेमी बिरगंज ले उचालेको छ ।

फोटो सौजन्य : क्रीकेट हिमालय

शुक्रबार भएको प्रतियोगिता को फाईनल खेल मा सनराईज क्रिकेट एकेडेमी महेन्द्रनगर लाई २६ रनले पराजित गर्दै युनाइटेड क्रिकेट एकेडेमी बिरगंज प्रतियोगिता को च्याम्पियन बनेको हो ।

फाईनल मा ट्स जितेर पहिले ब्याटिङ गरेको युनाइटेड क्रिकेट एकेडेमी ले निर्धारित २० ओवर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । युनाइटेड का लागि मोहमद समिरले सर्बाधिक ५२ रन को पारी खेले यस्तै ईमरान शेख ले २० र सर्फराज मन्सुरी ले १८ रन को योगदान टिम लाई गरे ।

बलिङ तर्फ महेन्द्रनगर का लागि सुबोध ऐर ले ३ विकेट लिए भने राहुल भण्डारी ले २ विकेट लिन सफल भए ।

यसपछि १सय ३८ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको महेन्द्रनगर १९.२ ओवर मा अलआउट हुँदै १ सय ११ रन मा सिमित हुन पुग्यो ।

महेन्द्रनगर का लागि प्रबिन भट्टले ३१, प्रेम धामी १८ र आकाश चन्दले २३ रन बनाएका थिए ।

यस्तै बलिग तर्फ युनाईटेड क्रीकेट एकेडेमी का
निखिल सिहले ४ विकेट लिन सफल भए साथै ब्यास यादबले २ बिकेट लिएका थिए ।

बिजेता युनाइटेड क्रीकेट एकेडेमी बिरगंज ले नगद १ लाख ११ हजार १ सय ११ को सामाग्री सहित नगद र उप बिजेता महेन्द्रनगर लाई ६१ हजार १ सय ११को सामाग्री सहित नगद प्रदान गरिएको थियो ।

यस्तै प्रतियोगिता को म्यान अफ दि सिरिज महेन्द्रनगरका सुबोध ऐर घोषित भए । यस्तै उत्कृष्ट ब्याट्सम्यान चितबन का प्रशान्त महत घोशीत हुँदा उत्कृष्ट बलर महेन्द्रनगरका पारश छेत्री भए । साथै उदायमान खेलाडी को रुपमा नेक्सस “बी” का १० बर्षे सोहेल कुवँर घोषित भए । यी सबै लाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्