onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिप को टिम केरला को खेल जारी : टस हारेर पहिले ब्याटिङ गर्दै

मङ्सिर १३ , अनलाईन खेलखबर || युएई मा जारी टि -१० लिग अन्तर्गत अहिले सन्दिप लामिछाने आवद्ध केरला ले नर्थन बारियर्स को सामना गरिरहेको छ ।

शाहजाह क्रीकेट एसोसिएसन रंगशाला मा टस जितेर अहिले नर्थन बारिवर्स ले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । अब सन्दिप को टिम केरला ले पहिले ब्याटिङ गर्नेछ् ।

फोटो सौजन्य : सोनि

लिग को प्ले अफ पुग्न आज को खेल केरला ले जित्नै पर्ने हुन्छ । यस्तै नर्थन ले पनि सोही रणनीति का साथ मैदान उत्रिने पक्का छ ।

यो केरला को लिग अन्तर्गत पाँचौ खेल हो । यसअघि पन्जावी लेन्जड्स सगँ ३६ रनले पराजित भएको केरला का लागि अहिले जारीखेल निकै महत्त्वपूर्ण रहेको छ । र टिम खेल जित्नै पर्ने दबाव मा छ ।

नर्थन बारियर्स ड्यान सामी को कप्तानी मा रहेको टिम हो । जसमा ईमरान हैदर , रभी भोपरा , ड्यानिस स्मिथ , साम्सोन , क्रिश् गृन जस्ता खेलाडी हरु रहेका छ्न ।

यस्तै सन्दिप को टिम मा उनी सगैँ टिम मा बिश्व चर्चित वेस्ट ईन्डिज का क्रिस गेल पनि रहेका छ्न । यस्तै किरण पोलाड , जुनैद खान, सोहेल तन्बिर, पल स्टरलिङ्ग जस्ता खेलाडीहरु रहेका छन् । भने टिम को कप्तानी इंग्ल्याण्ड का अवेन मोर्गन ले गरिरहेका छ्न ।

प्रतियोगिता को प्राबधान अनुसार अंकतालिका को पहिलो र दोस्रो हुने ले पहिलो क्वालिफायर खेल खेल्नेछ । यहाँ बाट बिजयी हुने टिम स्वत डिसेम्बर २ तारिख मा हुने फाईनल पुग्ने छ ।

यस्तै अंकतालिका मा तेस्रो र चौथो स्थान मा रहने टोलि ले पहिलो ईलिमिनेटर खेल्नेछ ।
जसको बिजयी टोलि ईलिमिनेटर दोस्रो मा क्वालिफायर एक को पराजित टिम सगँ खेल्नेछ ।। यहाँ बाट बिजेता टिम ले फाईनल प्रबेश गर्नेछ

बाकी ईलिमिनेटर एक मा पराजित टोलि र ईलिमिनेटर २ को पराजित टोलि सगँ तेस्रो स्थान का लागि प्रतिस्पर्धा गर्नेछ्न । क्वालिफायर , ईलिमिनेटर का खेल १ डिसेम्बर मा हुनेछ ।

भने डिसेम्बर २ तारिख मा तेस्रो स्थान र लिग को फाईनल हुनेछ । फाईनल मा क्वालिफायर को बिजेता टोलि र एलिमिनेटर दुई को बिजेता टोलि भिडने छ्न ।

अहिले जारी केरला र नर्थन बारियर्स को प्रत्यक्ष प्रशारण सोनि ईएसपिएन ले गरिरहेको छ । भने सोनि लिभ मोबाइल एप्स र वेबसाईट बाट अनलाईन पनि हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्