onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

टि -१० लिग : सन्दिप को टिम केरला को आज तेस्रो खेल हुँदै

मङ्सिर ९,अनलाईन खेलखबर|युएई मा जारी टि – टेन लिग अन्तर्गत आज सन्दिप लामिछाने को टिम केरला नाइट्स ले आफ्नो पहिलो चरण को अन्तिम खेल मा ब्रेन्डन म्याकुलम कप्तानीको राजपुत्स सगँ प्रतिस्पर्धा गर्दैछ ।

लिग को दोस्रो चरण मा पुग्न केरला लाई आज को खेल महत्त्वपूर्ण रहेको छ । यसअघि का २ खेल मा १ हार र १ जित सगैँ २ अंकसहित समूह “ए” को अंकतालिका मा तेस्रो स्थान मा रहेको छ ।

कुल ८ टिम रहेको लिग मा दुई समुह मा बिभाजन गरिएको छ । दोश्रो चरणमा समुह ‘ए’ को टोलिले समुह ‘बि’ को टोलिहरु बीच खेल्नेछन् जसमा समुह चरणमा खेल्दा पाएको अंक पनि जोडिनेछ। दोश्रो राउण्ड पछि प्लेअफ चरणमा इलिमीनेटर खेल हुनेछ र डिसेम्बर २ मा खेलिने फाइनल पुग्ने टिमको टुङ्गो लाग्नेछ।

समूह ” ए मा अहिले पख्तुन ३ खेल बाट २ मा जित र १ मा हार ब्यहोर्दै अंकतालिका मा पहिलो स्थान मा छ । भने राजपुत को २ खेल बाट १ जित र १ हार सहित २ अंकसहित अंकतालिका मा दोस्रो स्थान मा रहेको छ । भने समान अंक भएपनि नेटरनरेट मा पछि पर्दै सन्दिप आबद्ध केरला तेस्रो स्थान मा रहेको छ ।

आज हुने राजपुत र केरला बिचको खेल दुबै टिम का लागि महत्त्वपूर्ण रहेको छ ।

लिग चरण मा केरला ले पहिलो खेल मा शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेल मा भने शेन वाट्सन ले कप्तानी गरेको सिन्धिस सगँ ९ बिकेट ले पराजित हुन पुगेको थियो ।

आज गर या मर को स्थिती मा रहेको खेल राती नेपाली समय अनुसार सवा ८ बजेपछि हुनेछ । जसको प्रत्यक्ष प्रशारण सोनि ईएसपिएन ले गर्नेछ ।

यता नेपाल का युवा क्रीकेटर सन्दिप लामिछाने को प्रदशन पनि उत्कृष्ट हुँदै गएको छ । टिमले खेलेका दुई खेल मध्य दुई खेल मै सन्दिप ले राम्रो बलिग गरेका छ्न । उनले पहिलो खेल मा पख्तुन विरुद्ध ३ बिकेट लिएका थिए । भने दोस्रो खेल मा सिन्धिस विरुद्ध २ ओभर बलिग गरेका सन्दिप ले १४ रन खर्चिएर १ बिकेट लिएका थिए ।जुन ईनिग को एक मात्र बिकेट थियो ।

सन्दिप लाई टि-१० लिग मा अक्सन मार्फत केरला नाइट्सले
३० हजार अमेरिकी डलरमा अनुबन्धित गरेको छ ।

केरला किंग्स मा सन्दिप सगैँ टिम मा बिश्व चर्चित वेस्ट ईन्डिज का क्रिस गेल पनि रहेका छ्न । यस्तै किरण पोलाड , टम कुरान , जुनैद खान, सोहेल तन्बिर, पल स्टरलिङ्ग , दासुन शना जस्ता खेलाडीहरु रहेका छन् । भने टिम को कप्तानी इंग्ल्याण्ड का अवेन मोर्गन ले गरिरहेका छ्न ।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता को यो दोस्रो संस्करण हो । प्रतियोगिता मा सन्दिप को टिम केरला सगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्