onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिप को अर्को प्रतिभा : क्रीकेट सगैं गायन क्षेत्र मा पनि

चैत्र ११ , अनलाईन खेबर || नेपाली क्रीकेट का स्टार युवा खेलाडी लेग स्पिनर सन्दिप लामिछाने को हाल सर्बत्र चर्चा छ चाहे त्यो आईपिएल खेल्ने पहिलो नेपाली खेलाडी भएर होस , चाहे क्यारेबियन लिगं खेल्ने भएर किन नहोस . यसैबिच फेरि अर्को कुरा थपिएको हो त्यो हो क्रीकेट सगैं गायन । हो अब उनको स्वर मा सजित गित बजार मा आउदै छ |

सन्दिप ले एउटा गित आफ्नो आधिकारिक फेसबुक पेज बाट सार्बजनिक गरेका छ्न । उनले भनेका छ्न” गायन सधै मेरो दोस्रो शोख हो , मेरो शोख लाई यो गित मार्फत तपाईं सामु प्रस्तुत गरेको छु , मेरो आगामी एल्बम ‘ प्रतीक्षा ” तपाईं सामु प्रस्तुत गर्दैछु ।

हाल लाई एल्बम को एक गित को टेलर मात्र सार्बजनिक गरेका उनले पूरा केही समय भित्रै नै सार्बजनिक गर्ने जानकारी गराएका छ्न ।

हामी ले यसअगि सन्दिप लाई गित गुनगुनाएको पक्कै सुनेका थियौं , उनले भन्दै आएका पनि र सुनाउदै आएका पनि थिए तर यसरि एल्बम सहित गित निकाल्लान भन्ने कुरा एउटा ठूलो सरप्राईज उनले दिएका छ्न ।

यसअगि उनले विभिन्न अन्तरबार्ता को क्रम मा गित सुनाउदै आएका थिए यु १९ बिश्वकप २०१६ खेलीसकेपछि एनटिभि प्लस को नमस्ते टिभी शो मा राजु लामा को गित “तिमी लाई देखेर हिमाल हासेको ” गाएका सन्दिप ले राजु लामा को ठूलो फ्यान रहेको समेत उल्लेख गरेका थिए ।

यस्तै अर्को चर्चित अन्तरबार्ता बन्न पुगेको थोयो जुन थियो नेपाल आईडल कि प्रतिस्पर्धि केन्जल मेहर श्रेष्ठ सगँको जहाँ सन्दिप ले सुरिलो स्वर मा बिपुल क्षेत्रि को ” डढेलो लाग्यो त्यो पारी डाँडा साझ तिर ” भन्ने बोलको गित गाएका थिए , गित सुनि सकेपछी केन्जल मेहर श्रेष्ठ ले समेत सन्दिप को गायकी को प्रशंसा गरेकि थिईन ।।

पहिले देखि नै केही म्युजिक क्षेत्रमा सङ्केत देखाएका सन्दिप ले अहिले आएर आफ्नो गायकी लाई प्रस्तुत गर्न सफल भएका छन यो सगै अब उनको नाम क्रीकेट मा मात्र सिमित हुने भएन क्रीकेट खेलाडी ले यसरी गित निकालेको सभंवत यो पहिलो हो । यसरि सन्दिप क्रीकेट सगै कला म्युजिक क्षेत्रमा मा हात हालेका छ्न ।।।

सन्दिप को गित हेर्नुहोस यहाँ

प्रतिक्रिया दिनुहोस्