onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्लानिङ ब्वाइज बन्यो प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिता को च्याम्पियन

मङ्सिर ८ , अनलाईन खेलखबर || दोलखा जिल्ला मा सम्पन्न प्रथम प्रकाश स्मृति कप – २०७५ फुटबल प्रतियोगिता को उपाधी प्लानिङ ब्वाइज ले उचालेको छ ।

हजारौंको को दोलखाली दर्शकहरु को उपस्थित माझ मङ्सिर ७ गते शुक्रबार भएको फाइनलमा आयोजक दोलखा लाई २–१ ले पराजित गर्दै प्लानिङ ब्वाइज प्रतियोगिता को च्याम्पियन बनेको हो ।

निकै रोमाञ्चक बनेको फाईनल खेल मा प्लानिङ ब्वाइजका लागि सुरुवाति चौथो मिनेट मा विदेशी खेलाडी काशी ले गोल गर्दै टिम का लागि अग्रता दिलाएका थिए ।

यसपछि १७ औं मिनेटमा पिटर सेगुनले अर्को गोल गरेपछि दोलखा २-० ले पछि परेको थियो ।

दोलखा का लागि हिमाल श्रेष्ठले ३६ औं मिनेटमा १ गोल फर्काए पछि खेल मा रोमाञ्चकता थपेको थियो ।

घरेलु साथ पारेको दोलखा ले त्यसपछि प्राप्त अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हजारौंको घरेलु मैदान मै दोलखा उपविजेतामा सिमित बन्न पुग्यो ।

विजेता प्लानिङ ब्वाइजलाई खानेपानी मन्त्री बिना मगरले २ लाख ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।

स्व. प्रकाश दाहालकी पत्नी मगर समापन समारोहको प्रमुख अतिथि पनि हुनु हुन्थ्यो । यस्तै, उप विजेता दोलखाले १ लाख २५ हजार नगद, सेमिफाइनसम्म पुगेका दिपशिखा क्लब नैकाप र एपिएफले पनि समान ३० /३० हजार नगद र शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट किपरमा प्लानिङ ब्वाईजका विष्णु केसी, उत्कृष्ट डिफेन्डर दोलखाका विवेक बुढाथोकी, दोलखाकै हिमाल श्रेष्ठ उत्कृष्ट स्ट्राइकर र दोलखाकै सुजन श्रेष्ठ म्यान अफ दि टुर्नामेन्ट तथा दिपशिखा युवा क्लव नैकापका दावा शेर्पा हाई स्कोरर घोेषित भएका थिए । उनी हरु सबै ले समान नगद १० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको खेल संयोजक मिन कु. शिवाकोटी ले अनलाईन खेलखबर लाई जानकारि गराउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा तथा युवा नेता स्वर्गीय प्रकाश को सम्झनामा मा पहिलो पटक रिनेजम नेपाल को आयोजना तथा दोलखा जिल्ला फुटबल सघ को सह- आयोजना यो प्रतियोगिता भएको थियो ।

मङ्सिर १ गते बाट सुरु भएको प्रतियोगिता मंसिर ७ गते समापन भएको हो । जहाँ मुलुक भर का कुल १२ टोली को सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्