onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ए डिभिजन लिग: अार्मीले पुलिसलार्इ हरायो , अर्को खेल मा संकटा बिजयी

मङ्सिर ७ , अनलाईन खेलखबर | राजधानि मा जारी सहिद स्मारक “ए ” डिभिजन लिग अन्तर्गत आज भएको खेल मा त्रिभुवन आर्मी बिजयी भएको छ ।

लिग को तेस्रो चरण को आज शुक्रबार त्रिभुवन अार्मी क्लब र नेपाल पुलिस क्लब बिच भएको खेल मा आर्मी द्रारा पुलिस १-० ले पराजित भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा अार्मीका लागि खेलको ३० अौं मिनेटमा टेकबहादूर बुढाथोकी ले गोल गरेका थिए । जुन जित का लागि टिम का लागि प्रयाप्त हुन पुग्यो ।

पहिलो हाफ मै १-० ले अग्रता कायम राखेको आर्मी ले अन्त सम्म सोही अग्रता कायम राख्दै पुलिस विरुद्ध १-० को सहज जित हासिल गर्यो ।

जित सगैँ ३ खेल बाट २ मा जित र १ बराबरी खेक्दै अंकतालिका मा ७ अंक जोडेको छ । यसअघि आर्मी ले पहिलो खेल मा एनआरटि सगँ २-२ को बराबरी खेलेको थियो भने दोस्रो खेल मा च्यासल लाई १-० ले पराजित गरेको थियो ।

पुलिस पनि समान ३ खेल बाट १ जित १ हार र १ बराबरी का साथ ४ अंक जोडेको छ ।

यस्तै लिग मा आज नै भएको खेल मा एपीएफ बिग्रेड ब्वाईज सगँ ३-१ ले पराजित भएको थियो । भने संकटा ले फ्रेन्डस क्लव लाई २-० ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्