onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ईपिएल का लागि टोलि हरु ले बिदेशी खेलाडी अनुबन्धित गर्ने क्रम जारी : पोखरा ले फेरि अर्को बिदेशी खेलाडी भित्रायो

मङ्सिर ७ , अनलाईन खेलखवर || आउदो मङ्सिर २२ गते देखि काठमाडौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा हुनगईरहेको एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) को यस संस्करण को लागि बिदेशी खेलाडी टिम मा अनुबन्धित गर्ने क्रम अहिले जारी रहेको छ ।

ईपिएल मा सहभागी जनाउने टिम हरुले अहिले घमाधम बिदेशी खेलाडी लाई आफ्नो टिम मा भित्राउदै छन । प्रतियोगिता को प्राबधान अनुसार कम्ती मा टिमले ३ खेलाडी लाई टिम मा राख्न सक्छ ।

सोही अनुरुप टिम मा अनुबन्धित गर्ने क्रम जारी रहदै आएको छ , यसै बिच मा आज शुक्रबार ईपिएल टिम पोखरा राईनोज ले इंग्ल्याण्ड बाट घरेलु क्रीकेट खेल्दै आएका पल् कोग्लिन लाई टिम मा अनुबन्धित गरेको छ ।

पोखरा राइनोज ले एक प्रेस बिज्ञप्ति जारी गरि उक्त कुरा को जानकारि गराएको छ ।

अघिल्लो संस्करण शक्ति गौचनको कप्तानीमा रहेको टोलि राइनोजले यस अघि नै स्कटल्याण्डका कप्तान कायल कोट्जरलाई पनि टिम मा भित्राईसकेको छ ।

यस्तै टोली ले अष्ट्रेलियन मुलका नेथन डोडलाई प्रतियोगितामा मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।

नेपाल को घरेलु क्रीकेट प्रतियोगिता मा सबैभन्दा चर्चित एभरेष्ट प्रिमियर लिग (ईपिएल) आगामी मङ्सिर २२ गते देखि पुस ७ गते सम्म सन्चालन मा आउने छ ।

अन्तर्राष्ट्रिय क्रीकेट परिषद ( आईसीसी ) ले समेत मान्यता दिएको यस प्रतियोगिता पछिल्लो समय निकै लोकप्रियता को शिखर चडदै छ ।

एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) मा विभिन्न ६ टिम को सहभागिता रहने गर्छ । जसमा बिराटनगर वारियर्स, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्स, पोखरा राईनोज, भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स ११ रहेका छन् ।

प्रतियोगिता को पहिलो संस्करणमा नेपाली राष्ट्रिय टोली मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरण कप्तानी रहेको पन्चकन्या तेजले जितेका थियो । भने दोश्रो संस्करणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको बिराटनगर वारियर्सले उपाधी उचालेको थियो ।

प्रतिक्रिया दिनुहोस्