onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सहिद स्मारक “ए ” डिभिजन लिग मा ब्रिगेड ब्वाइज को पहिलो जित : एपीएफ ३-१ ले पराजित

मङ्सिर ७ , अनलाईन खेलखबर || एपीएफ लाई ३-१ ले हराउदै राजधानी मा जारी सहिद – स्मारक “ए ” डिभिजन लिग मा ब्रिगेड ब्वाइज क्लब पहिलो जित हासिल गरेको छ ।

फोटो सौजन्य : गोलनेपाल

सातदोबाटो स्थित एन्फा कम्पलेक्स मा भएको खेल मा १० खेलाडी मा सिमित भएको एपीएफ लाई ३-१ ले निराश गरेको हो ।

तर खेल मा अग्रता भने एपीएफ ले नै लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा रुप बहादुरले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए ।

एपीएफको अग्रता केही समय सम्म पनि टिक्न सकेन , अग्रता लिएको ३ मिनेट पछि नै एपीएफ ले बराबरी गोल खायो खेलको ६३ औं मिनेटमा ब्रिगेडका मनोजले फ्रिकिकबाट गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याएका थिए ।

यसपछि बिग्रेड ब्याईज खेलको ६९ औं मिनेटमा ताजुदीनले टिम का लागि दोस्रो गोल गरे यस्तै ७५ औं मिनेटमा काजिमले गोल गर्दै ब्रिगेडलाई ३ – १ को जित दिलाए ।

बिग्रेड ब्याईज ले यसअघि मनाङ सगँ ३- १ ले पराजित भएको थियो भने थ्रीस्टार सगँ पनि ५-१ को ठूलो अन्तर ले पराजित भएको थियो । यता एपिएफ को यो पहिलो हार हो यसअघि हिमालयन सेर्पा सगँ गोल रहित बराबरी गरेको थियो भने लिगको दोस्रो खेल मा फ्रेन्डस लाई १-० ले पराजित गरेको थियो ।

अंकतालिका मा बिग्रेड ब्याईज को ३ अंक छ भने एपीएफ को ४ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्