onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दिल्लि बाट सन्दिप लाई जर्सी हस्तान्तरण : सन्दिप नब्बर वान जर्सी मा आईपिएल मा देखिने

चैत्र ८, अनलाईन खेलखबर || नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई अनुबन्ध गरेको दिल्ली डेयरडेभिल्स ले टिमको जर्सी सन्दिप लाई आज हस्तान्तरण गरिएको छ ।

होटेल अन्नपूर्ण मा आज एक कार्यक्रम आयोजित गरि दिल्लि को टिम ले जर्सी हस्तान्तरण गरेको हो । आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा नेपाली खेलाडी सन्दिप लामिछानेले लगाउने जर्सी सार्वजिनिक गरेका हुन् ।
फोटो सौजन्य – रमन सिवाकोटी टुईटर

अब सन्दीप ले दिल्ली बाट खेल्दा जर्सी नब्बर वान रहनेछ । सन्दिप लाई जर्सी हस्तान्तरण गर्न दिल्ली डेयर डिभल्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त दुवासहितको टिम बिहीवार काठमाडौँ आएको थियो ।

सन्दिप आईपिएल खेल्ने पहिलो खेलाडी भएको हुँदा पनि छिमेकी देश को प्रतिभा लाई अझ सम्मान प्रस्तुत गर्न दिल्ली को टिम नेपाल आएको बुझिएको छ ।

गत सोमबार मात्र आसीसी विश्वकप छनौट खेलेर नेपाल फर्किएका सन्दीप आगामी मंगलबार दिल्लीतर्फ जाने उनको कार्यक्रम तय भएको छ ।

आईपिएल मा दिल्ली सगँ सन्दिप २० लाख भारतिय रुपिए मा अनुबन्धित भएका छन यसका साथ साथै अर्को वेस्टइण्डिजमा हुने क्यारेबियन प्रिमियर लिगमा पनि छनौट उनी अनुबन्धित छन ।

प्रतिक्रिया दिनुहोस्