onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एनआरटि माथी च्यासल को शानदार जित : बिमल को २ गोल

मङ्सिर ६ , अनलाईन खेलखबर || सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत तेस्रो चरण मा आज भएको पहिलो खेल मा च्यासल युथ क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ ।

फोटो सौजन्य : गोल नेपाल

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बिहिबार भएको पहिलो खेल मा च्यासल एनआरटी माथी ५–१ गोल अन्तर बिजयी भएको छ ।

जारी लिग मा च्यासल को यो पहिलो जित हो । यसअघि पहिलो खेल मा मछिन्द्र सगँ गोल रहित बराबरी मा रोकेको थियो भने दोस्रो खेल मा आर्मी सग १-० ले पराजित भएको थियो ।

एनआरटि विरुद्ध च्यासल का लागि अमिर श्रेष्ठ र बिमल घर्तिमगर ले २/२ गोल गरे भने सन्तोष साहुखलले एक गोल गरे ।

खेलको १४ औ मिनेटमा आमिर श्रेष्ठ ले च्यासल का लागि गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । यसपछि पनि खेलको २९ औ मिनेटमा उनले नै अर्को गोल थप्दै टिम लाई २-० ले अग्रता दिलाए ।

पहिलो हाफ २-० ले अग्रता कायम राखेको च्यासल ले दोस्रो हाफ मा पनि सुरुवाती लय लाई यथावत राख्दै अझ ससक्त रुपमा प्रस्तुत भयो ।

यसपछि खेलको ५६ औ मिनेटमा बिमलले च्यासलका लागि तेस्रो गोल गरे । जारी लिगमा बिमलको यो पहिलो गोल हो । यस्तै च्यासल ले गोल को क्रम यथावत राख्ने क्रममा ६३ औ मिनेटमा च्यासलका लागि सन्तोष साहुखलले चौथो गोल थपे ।

यसपछि खेलको अन्तिम तिर बिमल ले व्यक्तिगत दोस्रो गोल गर्दै च्यासललाई ५–० को स्थितीमा पुर्याएका थिए । सोहि समय अन्तिम तिर एनआरटि का लागि विदेशी खेलाडी माेसुद अब्बाेलाले सान्त्वना १ गोल फर्काए ।

र खेल ५-१ ले च्यासल ले जित्न सफल भयो । जित सगै च्यासल को अंकतालिका मा ४ अंक भयो भने एनआरटीको १ अंकमात्र छ ।

प्रतिक्रिया दिनुहोस्