onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

तिलोत्तमा प्रिमियर लिग ( टिपिएल ) : आज लुम्बिनी र नुसि वारियर्स बिजयी , लुम्बिनी सेमिफाइनल नजिक

मङ्सिर ३ , अनलाईन खेलखबर || रुपन्देही जिल्ला सनिवार देखि भएको तिलोत्तमा प्रिमियर लिग ( टिपिएल ) क्रिकेट प्रतियोगितामा अन्तर्गत आज तेस्रो दिन लुम्बिनी कसाई ग्ल्याडियर्ट्स र नुसि बारियर्स बिजयी भएका छ्न ।

फोटो सौजन्य : एनसिएसएस

आज भएको खेलमा लुम्बिनीले भैरहवामाथि ५ विकेट हासिल गरेको छ । जुन प्रतियोगिता मा
लगातार दोस्रो जित हो । यस्तै आज नै भएको दोस्रो खेल मा नुसी वारियर्स मणिग्रामले बुटवल डाईनामाईटलाई ४६ रनले पराजित गरेको छ ।

नवजिवन क्लवको खेल मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स भैरहवा ले निर्धारित २० ओवर पुरै खेल्दै ७ विकेट गुमाएर १ सय ४५ रन को योगफल खडा गरेको ।

भैरहवाका लागि सोनु तामाङ ले उत्कृष्ट अर्धसतकिय ६१ रनको पारि खेले यस्तै सुशान्त थापाले २९ रनको योगदान टिम लाई गरे ।

बलिङ तर्फ लुम्बिनी का लागि रुपेश कुर्मी एक्लै ले ६ विकेट लिए ।

१ सय ४६ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको लुम्बिनी ले १८.४ ओवर मा ५ विकेट गुमाएर लक्ष्य भेटायो ।

लुम्बिनी को जितमा ओपनर कुशल मल्ल र सुमन पाण्डेको ५७ रनको साझेदारी ले महत्त्वपूर्ण भुमिका निर्बाह गर्यो । यस्तै टिमलाई जिताउन राजु साहनीले ३६ रन तथा पुरन बिकले १७ रनको योगदान दिए ।

बलिग तर्फ भैरहवाका लागि अहमद हुसैनले २ विकेट लिए ।

दोस्रो खेलमा पहिले ब्याटिङ गरेको नुसी वारिर्यर्स १९.२ ओवर मा अलआउट हुँदै १ सय ५३ रन बनाउन सफल भयो । सुरुवात राम्रो नगरेको नुसि का लागि महेश राना र दिपेन्द्रसिह ऐरीले ले उत्कृष्ट पारी खेले । दिपेन्द्रले ७० रन को पारी खेल्दा टिम ठूलो स्कोर तर्फ अग्रसर भएको थियो । यस्तै महेश रानाले १६ रन को पारी खेले ।

बलिग तर्फ बुटवल डाईनामाईटका साहब आलम र अभिषेक गौतमले समान ४–४ विकेट लिए ।

१ सय ५४ रनको ठूलो स्कोर पछ्याउदै जवाफि ब्याटिङ मा उत्रिएको बुटवलका ब्याटसम्यानहरु क्रिजमा टिक्न सकेनन । प्रज्वल थापा ३६ तथा सौरभ खनालले १५ रनबाहेक अन्य कुनै ब्याटसम्यान ले उल्लेख्य योगदान गर्न नसकेपछि टिम ४६ रनले पराजित हुन पुग्यो ।

बलिग तर्फ नुसि का लागि कुशल भ्रुतेलले ४ तथा सुनिल पौडेलले २ विकेट लिए ।

आज को जित सगै समूह ” ए ” बाट लुम्बिनी कसाई ले लगातार दुई खेल जित्दै प्रतियोगिता को सेमिफाइनल नजिक पुगेको छ । यसअघि ज्ञानोदय गोल्डस लाई ५ बिकेट ले पराजित गरेको थियो । पराजित भैरहवा को जारि प्रतियोगिता मा लगातार दोस्रो हार हो ।

यता नुसि बारियर्स को भने प्रतियोगिता मा पहिलो जित हो यसअघि पहिलो खेल मा मणिग्राम किग्स सगँ ६ बिकेट ले पराजित भएको थियो । यस्तै बुटवल ले यसअघि एसआर एनएससिए टाईगर्स लाई ५ बिकेट ले पराजित गरेको थियो ।

अब प्रतियोगिता मा भोलि मंगलवार ज्ञानोदय गोल्डस र रोयल सङ्कनगर बिच पहिलो खेल हुनेछ भने दोस्रो खेल मा मणिग्राम किग्स ले एसआर एनएससिए टाईगर्स सगँ प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको बिजेताले नगद ३ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले १ लाख ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिता मा कुल ८ टिमको सहभागिता रहेको छ । जसमा नुसी वारियर्स, बुटवल डाइनामाइट, मणिग्राम किंग्स, रोयल च्यालेंजर्स भैरहवा, ज्ञानोदय गोल्ड्स, लुम्बिनी कसाई ग्ल्याडीएटर्स, एसआर एनएससीए टाइगर्स र रोयल शंखनगर रहेका छ्न ।

प्रतियोगिता मा टिम हरु लाई दुई समुहमा बिभाजन गरि खेल खेलाईएको छ । जसअन्तर्गत समुह ‘ए’ मा ज्ञानोदय गोल्डस , रोयल शंकरनगर, रोयल च्यालेंजर्स भैरहवा, र लुम्बिनी कसाई ग्ल्याडीएटर्स रहेका छन् भने समुह ‘बि’ मा मणिग्राम किंग्स, एसआर एनएससीए टाइगर्स बुटवल डाइनामाइट र
नुसी वारियार्र रहेका छन् ।

समूह मा एक अर्का सगँ १/१ खेल खेलेपछी समूह को बिजेता र उपबिजेता प्रतियोगिता को सेमिफाइनल पुग्नेछ । सेमिफाइनल मा समूह ए को बिजेता ले समूह बि को उपबिजेता सगँ भिडने छ । भने समूह ए को उपबिजेता ले समूह “बि ” को बिजेता सगँ मङ्सिर ७ गते खेल्नेछ । भने प्रतियोगिता फाईनल मङ्सिर ८ गते सनिवार का दिन हुनेछ ।

सहभागी टिम र खेलाडीहरु
मणिग्राम किंग्स ( मणिग्राम ) – कृष्ण कार्की ( मार्की खेलाडी ) , अमर सिंह राउटेला , लाल बहादुर अधिकारि , सन्दिप रसाइली
कृष्ण पराजुली, विशाल भन्डारी, मोहम्मद हुसेन, इमराम खान, राहुल लोहर, सुबास बिक, ईश्वर गुरुङ, बिधान सुनार, शुशिल खरेल, कृष्ण भुसाल ,भुवन गैरे र इमराम खान

लुम्बिनी कसाई ग्ल्याडीएटर्स – महेश पति मिश्र ( मार्की खेलाडी ), भिम सार्की , कुशल मल्ल , मान बहादुर थापा, रुपेश कुर्मी, दुर्गेश कुर्मी, राजु सहानी, सागर ढकाल, सुमन पान्डे, पुरन बिक, प्रदिप जैसवाल, सुनिल धवाल, अमर मिर्श , दिवस सेन्चुरी र नागेश्वर मिर्श

रोयल शंकरनगर – सन्दिप सुनार ( मार्की खेलाडी ) , रोहित पौडेल ,शुसान भारी , फैजल खान, विशाल भुसाल, बिष्णु कट्टरिया, विशाल खत्री, सुमित कुमार सार्की, नरेश ठकुरी, नितेश थापा, राहुल चौहान, रुपेश बास्तोला, सुधन श्रेष्ठ, आशिष् गुरुङ र रबिन क्षेत्री

रोयल च्यालेंजर्स भैरहवा – इख्लाख अहमद ( मार्की खेलाडी ) सोनु तामाङ , प्रकाश केसी , रमेस कुर्मी, धिरज साही, गणेश गौडेल, सन्दिप केसि, सिजन मकाजु , आसुतोश पासवान, मोईनुद्दीन कजु, बिबेक न्यौपाने, अहमद हुसेन, सुसान्त थापा, रोशन चौधरी र रोसन लाल गुप्ता

बुटवल डाइनामाइट – सौरभ खनाल ( मार्की खेलाडी ) , प्रदिप ऐरि , साहब आलम, अभिसेख गौतम, राहुल शर्मा, म्रिनल गुरुङ, प्रज्वल थापा , जगत क्षेत्री, हरजित सिङ, अर्बिन सारु, तौसिब आलम, कमल जैसी, बिकास श्रेष्ठ , केसब पौडेल र देब खनाल

एसआर एनएससीए टाइगर्स – शंङ्खर राना ( मार्की खेलाडी ) सागर पुन, निस्चल चौधरी, अनिल खरेल, बिक्रम भुसाल, मनिस थापा, तुल बहादुर थापा, सुरज दराइ, दुर्गेश गुप्ता, महेन्द्र सुवेदी, आयुस पुर्जा, प्रकाश गिरि, अर्जुन गिरि, दामोदर बस्याल र बिबेक शर्मा

ज्ञानोदय गोल्ड्स – सन्तोस क्षेत्री ( मार्की खेलाडी ) सुनिल धमला, रोसन क्षेत्री, निर्मल थापा, राहुक बिक, आनन्द कुमार गौड, रमेस ढकाल, देबेन्द्र सोमरे, युवराज सेन, जितेन्द्र सहानी, मनिस पौडेल, केदार बस्नेत, प्रथम पराजुली, गोबिन्द खत्री र विशाल सुनार

नुसी वारियार्स – कुसल भुर्तेल ( मार्की खेलाडी ) , दिपेन्द्र ऐरि, अजय कौसिला, सौरभ भुर्तेल , अर्जुन रायमाझि , सुनिल पौडेल , सरोज पौडेल, यम क्षेत्री, बिरेन्द्र ज्ञवालि, महेश राना, अंकित कंडेल , निस्चल पोखरेल, सागर सर्मा , अक्तर हुसेन र कृष्ण सेन

प्रतिक्रिया दिनुहोस्