onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

शहिद स्मारक ए डिभिजन लिग : हिमालयन शेर्पा र एपीएफ क्लव बिजयी

मङ्सिर ३ , अनलाईन खेलखबर । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सोमवार दोस्रो समय मा भएको खेल मा हिमालयन शेर्पा र एपीएफ क्लव बिजयी भएका छ्न ।

हिमालयन शेर्पा ले सरस्वति युथ क्लव लाई १-० ले पराजित गरेको थियो । भने एपीएफ ले फ्रेन्डस लाई १-० ले नै पराजित गर्यो ।

यसअघि आज नै संकटा र जावलाखेल बिच भएको खेल मा संकटा २-० ले बिजयी भएको थियो ।

एपीएफ को खेल मैदान हलचोक मा शेर्पा ले खेलको ३० औं मिनेटमा गोल गरेको थियो त्यो गोल नै जित को आधार बन्यो । बायाँ विङबाट आएको क्रसलाई शेर्पा का विश्वासले पेनाल्टी क्षेत्रभित्रबाट गोलमा परिणत गरेका थिए ।

शेर्पा को जारी लिग मा यो पहिलो जित हो । यसअघि हिमालयन शेर्पा ले एपीएफसँग गोलरहित बराबरी खेलेको थियो । भने सरस्वती को यो लगातार दोस्रो हार हो । यसअघि संकटा सगँ पनि १-० ले पराजित हुन पुगेको थियो ।

यस्तै एन्फा कम्प्लेक्स सातदोबाटो मा एपीएफ र फ्रेन्डस क्लव बिचको खेल मा एपीएफ १-० ले बिजयी भएको छ । खेल को अन्तिम समय मा एपीएफ का प्रवीन स्याङतान ले गोल गर्दै टिम लाई जिताए ।

यो एपीएफ को जारी लिग मा पहिलो जित हो यसअघि हिमालयन शेर्पा सगँ गोलरहित बराबरी मा रोकिएको थियो । १ जित र १ बराबरी का साथ एपीएफ ले अंकतालिका मा महत्त्वपूर्ण ४ अंक बटुलेको छ । यता हार ब्यहोरेको फ्रेन्ड्स को यो लिग मा लगातार दोस्रोपल्ट हार हो । पहिलो खेल मा फ्रेन्ड्स थ्रीस्टार सगँ २ – १ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्