onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

शहीद स्मारक ए डिभिजन लिग मा संकटा को लगातार दोस्रो जित : जावलाखेल २-० ले पराजित

मङ्सिर ३ , अनलाईन खेलखबर || राजधानि मा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटा र जावलाखेल बिच आज भएको खेल मा संकटा २-० ले बिजयी भएको छ ।

जारी लिग मा संकटा को यो लगातार दोस्रो जित हो । संकटा ले पहिलो खेल मा सरस्वती युथ क्लव लाई १-० ले पराजित गरेको थियो ।

सातदाेबाटाे स्थित एन्फा फुटबल मैदानमा मा भएको खेलमा संकटाले जाउलाखेल युथ क्लवलाइ २-० ले हराउदा टिमका लागि दुबै गोल सेड्रिक अवाले गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरी मा सकिएको भएपनी संकटा ले दोस्रो मा राम्रो पुनरागमन गर्दै खेल आफ्नो पक्ष मा पार्न सफल भयो । दोस्रो हाफ मा १० खेलाडी मा सिमित भएपनि संकटा ले खेलको ५७ अाैं मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो । त्यसपछि ८५ अाैं मिनेटमा संकटाले अर्को गोल गर्दै जावलाखेल लाई निराश बनायो ।

प्रतिक्रिया दिनुहोस्