onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रकाश स्मृति कप फुटबल प्रतियोगिता , दोस्रो दिन : आज चितवन ११ र दिपशिखा यूवा समूह नैकाप बिजयी

मङ्सिर २, चरिकोट (अनलाईन खेलखबर )| दोलखा को चरिकोट मा जारी प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत प्रतियोगिता को दोस्रो दिन आज चितवन ११ र दिपशिखा यूवा समूह, नैकाप विजयी भएका छन् ।

फोटो : गोकुलगंगा

आज भएको पहिलो खेल मा चितवन ११ ले सिन्धुपाल्चोक जिल्ला फुटबल संघलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

यस्तै आज नै भएको दोस्रो खेल मा भक्तपुर जिल्ला फुटबल संघ माथि दिपशिखा यूवा समूह, नैकाप ३–० ले बिजयी भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा स्वर्गीय प्रकाश को सम्झनामा मा पहिलो पटक रिनेजम नेपाल को आयोजना तथा दोलखा जिल्ला फुटबल सघ को सह- आयोजना यो प्रतियोगिता भईरहेको छ ।

मङ्सिर १ गते बाट सुरु भएको प्रतियोगिता मंसिर ७ गते सम्म संचालन हुनेछ ।जहाँ मुलुक भर का कुल १२ टिम सहभागि छन् ।

राष्ट्रियस्तरमा ख्याति प्राप्त एपिएफ र कुमारी जस्ता क्लबहरु पनि सो प्रतियोगितामा सहभागि छन् । प्रतियोगिता को बिजेता ले २ लाख ५० हजार उपबिजेता ले १ लाख २५ हजार र तेस्रो र चौथो ले क्रमश समान ३०/३० नगद तथा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ्न ।

प्रतिक्रिया दिनुहोस्