onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

स्मृति मन्धना ले उत्कृष्ट ब्याटिङ गरेपछी भारत द्रारा अस्टेलिया ४८ रनले पराजित

मङ्सिर २ , अनलाईन खेलखबर || बेस्ट ईन्डिज मा जारी आईसीसी महिला टि -ट्वान्टी बिश्वकप अन्तर्गत सनिवार भएको समूह चरण को अन्तिम खेल मा भारत ले अस्टेलिया माथी ४८ रनले बिजयी हासिल गरेको छ ।

यसअघि नै समुह ” बि ” बाट सेमिफाइनल पुगिसकेका अस्टेलिया र भारत का लागि यो खेल समूह बिजेता र उपबिजेता निर्धारण गर्ने थियो ।

जित सगैँ भारत समूह को बिजेता हुँदा अस्टेलिया उपबिजेता हुदै बिश्वकप को सेमिफाइनल पुगेको छ ।

वेष्ट इण्डिजको प्रोभिडेन्समा भएको खेल मा सुरु मा ट्स जितेर पहिले भारत ले ब्याटिङ गर्ने निर्णय गरेको थियो । जसअनुसार निर्धारित पुरै २० ओवर खेल्दै ८ बिकेट गुमाएर १सय ६७ रनको ठूलो स्कोर भारत ले खडा गरेको थियो ।

भारत लाई ठुलो स्कोर तर्फ पुर्याउन भारत कि स्मृति मन्धना ले सर्बाधिक ८३ रनको उत्कृष्ट इनिङ खेलिन् । ५५ बलको सामना गरेकि उनले ९ चौका र ३ छ्क्का समेत प्रहार गरिन ।

यस्तै भारत का लागि हर्मनप्रित कौरले ४३ रन को महत्त्वपूर्ण योगदान टिम का लागि गरिन ।

बलिङतर्फ अस्टेलिया का लागि एलिसे पेरीले ३ विकेट लिइन् भने डेलिसा केमिन्स र अश्लेघ गार्डनरले २–२ विकेट लिन सफल भए ।

१ सय ६८ रनको ठूलो बिजयी लक्ष्य पछ्याउदै जवाफी मैदान मा उत्रिएको अस्टेलिया १९.४ ओवर मा अलआउट हुँदै १ सय १९ रन मा समिटियो । भारत सामु एलिसे पेरीले सर्बाधिक अबिजित रह्दै ३९ रनको योगदान गरिन भने अश्लेघ गार्डनरले २० र बेथ मुनिले १९ रन जोडे । यसबाबाहेक अस्टेलिया का कुनै पनि ब्याट्सउमेन ले राम्रो प्रदशन गर्न सकेनन र टिम निराश हुन पुग्यो ।

बलिग तर्फ भारत का लागि अनुजा पाटिल ले ३ विकेट लिइन भने दिप्ती शर्मा, राधा यादव र पुनम यादवले समान २/२ बिकेट हात पारे ।

अब आउदो शुक्रबार सेमिफाइनल मा भारत ले समूह ” ए ” को उपबिजेता सगँ खेल्नेछ भने अस्टेलिया ले समुह “ए ” कै समूह बिजेता सगँ प्रतिस्पर्धा गर्नेछ । यता समूह ” ए ” बाट बेस्ट ईन्डिज र ईङल्यान्ड सेमिफाइनल पुगिसकेका छ्न । अब समूह बिजेता टुङ्गो लाग्न मात्र बाकी रहेको छ ।

बिश्वकप फाईनल आउदो नोभेम्बर २५ तारिख आईतवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्