onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दोलखा मा भोलि सनिवार बाट ‘प्रथम प्रकाश स्मृति कप’ राष्ट्रिय फुटवल प्रतियोगिताको हुदै

कार्तिक ३० , अनलाईन खेलखबर || रिनेजम नेपाल को आयोजना तथा दोलखा जिल्ला फुटबल सघ को सह- आयोजना मा दोलखा जिल्ला मा प्रथम प्रकाश स्मृति कप र्राष्ट्रिय फुटबल प्रतियोगिता भोलि सनिवार बाट हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोराको सम्झनामा प्रथम प्रकाश स्मृति कप’राष्ट्रिय फुटवल प्रतियोगिता गर्न लागिएको हो ।

स्वर्गीय आफ्ना पुत्र प्रकाश को सम्झना मा गर्न लागिएको यस प्रतियोगिता को उदघाटन गर्न स्वयम् प्रचन्ड सनिवार दोलखा पुग्ने कार्यक्रम रहेको छ ।

मुलुक भर का कुल १२ टोलि को सहभागिता रहने उक्त प्रतियोगिता को तयारी सकिसकेको छ । उदघाट्न खेल मा सनिवार दोलखा जिल्ला फुटबल सघ र द ओसन क्लब गोरखा भिडने छ्न ।

प्रतियोगिता को बिजेता ले २ लाख ५० हजार प्राप्त गर्नेछ भने उपबिजेता ले १ लाख २५ हजार प्राप्त गर्नेछ्न । यस्तै तेस्रो स्थान मा रहने टिम लाई समेत नगद प्रदान गरिने छ । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने किपर, डिफेन्डर, स्टाइकर, हाई स्कोरर, म्याद अफ दि टुर्नामेन्टले जनही नगद १०/१० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । 

प्रतिक्रिया दिनुहोस्