onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

माघ १९ देखि धनगढी प्रिमियर लिग को तेस्रो संस्करण हुँदै : रुस्लान मुख्य प्रायोजक को रुपमा यथावत

कार्तिक ३० , अनलाईन खेलखबर | नेपाल को चर्चित घरेलु क्रीकेट प्रतियोगिता घनगढि प्रिमियर लिग ( डिपिएल )को तेस्रो संस्करण यहि आउदो माघ १९ गते देखि फाल्गुन ४ गतेसम्म हुने भएको छ ।

आयोजक घनगढी क्रिकेट एकेडमी ले आज राजघानि मा पत्रकार सम्मेलन गरि प्रतियोगिता को बारेमा जानकारि गराएको हो । साथै उक्त कार्यक्रम मा प्रतियोगिता को मुख्य प्रायोजक को रुपमा विजय डिस्टिलरीले ले नवीकरण गरेको छ । यसपटक उसले मुख्य प्रायोजक गरेबापत १ करोड १० लाख बराबर को नगद उपलब्ध गराउने छ ।

यसअघि का संस्करण मा पनि विजय डिस्टिलरी को रुस्लान ले नै प्रायोजन गर्दै आएको छ । आज भएको प्रायोजन सम्झौतामा विजय डिस्टिलरीका चिफ फाइनान्स अफिसर सतिश कर्ण र आयोजक घनगढि क्रीकेट एकेडेमी का अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरेका छन् ।

यस्तै पत्रकार सम्मेलन मा आयोजक ले यसअघि का सस्करण मा खेलाउदै आएको धनगढीको संघीय इकाई प्रहरी कार्यलयको मैदानलाई बैकल्पिक खेल मैदान को रुपमा राख्दै पहिलो पटक ड्रिम फाप्ला मैदानमा खेल खेलाइने भएको छ ।

कुल ५ करोड जति को अनुमानित लागत लाग्ने गरि यसपटक प्रतियोगिता गर्न लागिएको समेत घोषणा गरिएको थियो । क्रमश प्रतियोगिता को स्तर बढाउने लक्ष्य सहित आयोजक लागिपरेको देखिन्छ । पहिलो , दोस्रो हुँदै तेस्रो सस्करण सम्म आईपुग्दा आयोजक अझ भब्य बनाउने सोच मा रहेको बुझ्न सकिन्छ ।

प्रतियोगितामा मुलुक का ६ शहर बाट ६ टोलीलाई नै निरन्तरता दिइनेछ । प्रतियोगितामा टिम चौराहा धनगढी, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेञ्जर्स, काठमाडौं गोल्डेन्स ,विराटनगर किङ्स र सिवाईसि अत्तरिया लाई नै निरन्तरता दिइएको छ ।

यसअघि का दुई संस्करण नेपाली र्राष्ट्रिय क्रीकेट टोलि का कप्तान समेत रहेका पारस खड्का ले नेतृत्व गरेको टिम चौराहा घनगढि ले उपाधी उचालेको थियो ।

प्रतिक्रिया दिनुहोस्