onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बिश्वकप छनोट प्रतियोगिता मा सहभागि भई नेपाली क्रीकेट टोलि स्वदेश फिर्ता : विमानस्थल मा भब्य स्वागत

चैत्र ५ , अनलाईन खेलखबर || जिम्बाबे मा भएको एकदिवसीय बिश्वकप छ्नोट प्रतियोगिता मा सहभागी भएर नेपाली क्रीकेट टोलि आज स्वदेश फर्किएको छ ।

नेपाली क्रीकेट ईतिहास मै पहिलो पटक टिम लाई एकदिवसीय मान्यता दिलाउँन सफल नेपाली टोलि लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा भब्य रुपमा स्वागत गरिएको थियो । एतिहासिक उपलब्धि हासिल गरेको नेपाली टोलि लाई हौसला प्रदान तथा स्वागत गर्न युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट बिमानस्थल पुगेका थिए ।

यस्तै विमानस्थल मा हजारौं क्रीकेट समर्थक तथा क्रीकेट सरोकारवाला र आफन्त हरु को उपस्थित रहेको थियो ।

हिजो राती जिम्बाबे को राजधानि हरारे बाट युएई मा टार्न्जिट हुँदै नेपाली टोलि आज साझ मात्र स्वदेश फर्किएको हो ।

नेपाली टोलि लाई स्वागत गर्न बिमानस्थल पुगेका हजारौं क्रीकेट समर्थक हरु ले “टुढिखेल मा खेलेर वल्डकप खेल्न सकिन्न ” , क्यानको बिबाद चाडै समाधान गर , भौतिक पुर्बाधार बिस्तार गर “, ” एकदिवसीय पाईयो स्टेडियम चाईयो “” जस्ता नारा लगाई बिमानस्थल मा आजाव ले बुलन्द गरेका थिए ।

प्रतियोगिता खेल्न अगि नेपाल ले लक्ष्य सुपर सिक्स मा प्रबेश गर्दै सिदै ४ बर्ष का लागि एकदिवसीय मान्यता पाउने थियो तर नेपाल सुपर सिक्स प्रबेश गरि एकदिवसीय मान्यता पाउँन त सकेन , तर जुन सपना बोकेर प्रतियोगिता खेल्न गएको थियो त्यो भने प्ले अफ हुँदै पूरा भएको छ । जुन सपना नेपाली टोलि ले बर्षौ देखि देख्दै आएका थिए जुन सपना यस प्रतियोगिता ले बिपना मा परिणत गर्देको छ ।

कुल १० टिम सम्मलित प्रतियोगिता मा नेपाल ले आठौं स्थान प्राप्त गरेको थियो । नेपाल ले समुह चरण मा १ खेल जितेको थियो जुन हङकङ विरुद्ध थियो भने एकदिवसीय मान्यता पाउने महत्त्वपूर्ण खेल मा पपुवा न्युगिनी लाई पनि पराजित गरेको थियो भने नेपाल अफगानिस्तान , जिम्बाबे , स्कटल्याण्ड र सातौ स्थान का लागि भएको प्ले अफ मा नेदरल्यान्ड सगँ पराजित भएको थियो ।

प्रतियोगिता मा औसत प्रदंशन गरेपनी भाग्यमानी टिम बन्दै आबस्यक २ खेल मा जित निकाल्दै नेपाल ले एकदिवसीय मान्यता प्राप्त गरेको छ , जुन नेपाली क्रीकेट को सबैभन्दा ठूलो उपलब्धि हो ।

प्रतिक्रिया दिनुहोस्