onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पोखरा प्रिमियर लिग ( पिपिएल ) को फाईनल खेल आज हुँदै : उपाधी का लागि चितवन र पोखरा भिड्दै

कार्तिक २०,अनलाईन खेलखबर |घरेलु क्रीकेट को सबैभन्दा ठूलो क्रीकेट प्रतियोगिता पोखरा प्रिमियर लिग(पिपिएल)अन्तर्गत आज उपाधि का लागि चितवन राईनोज र पोखरा पल्टन भिडदै छ्न ।

लिग चरण बाट अंकतालिका को शिर्षस्थान मा रह्दै पोखरा पल्ट्न फाईनल पुगेको थियो । यस्तै चितवन ले भने फाईनल सम्म पुग्न प्रतियोगिता को फाईनलद्रार एलिमिनेटर मा काठमाडौ लाई ६ बिकेट ले पराजित गर्दै पोखरा सगँ भेट पक्का गरेको हो ।

प्रतियोगिता को प्राबधान अनुसार लिग मा पहिलो स्थान ले सिदैँ फाईनल पुग्ने थियो । भने दोस्रो र तेस्रो ले एलिमीनेटर खेल खेल्दै फाईनल प्रबेश गर्ने ब्यबस्था मिलाईएको थियो ।

प्रतियोगिता को फाईनल पुगेका चितवन राईनोज र पोखरा पल्ट्न ले लिग मा खेलेका कुल ५ खेल मा समान ३ मा जित र २ मा हार ब्यहोदै ६ अंकसहित पहिलो र दोस्रो स्थान मा थिए । समान अंक भएपनी नेटरनरेट मा पछि पार्दै पोखरा पहिलो स्थान मा पुगेको थियो ।

यसअघि लिग चरण मा भेट हुँदा पोखरा पल्ट्न ले चितवन राईनोज लाई ५ बिकेट ले पराजित गरेको थियो ।

आज करिव ११ बजे हुने प्रतियोगिता को फाईनल तथा समापन कार्यक्रम मा पुर्ब प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष पुष्प कमल दाहाल ( प्रचन्ड ) प्रमुख अतिथी का रुपमा आगमन हुन लागेको आयोजक ले जानकारी गराएको छ ।

पिपिएल को बिजेता ले २७ लाख प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गरिनेछ । जुन घरेलु क्रीकेट ईतिहास मा सबैभन्दा ठूलो पुरस्कार राशी हो ।

यसबाहेक प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलर ले जनही एक एक थान सुजुकी मोटरसाइकल पुरस्कार पाउनेछन् । घरेलु प्रतियोगितामा तीन उत्कृष्ट खेलाडीलाई एकै पटक मोटरसाइकल पुरस्कार प्रदान गर्न लागिएको यो पनि पहिलो पटक नै हो ।


यस्तै प्रतियोगिता को हरेक खेल को म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ र ५ हजार बराबरको गिफ्ट ह्याम्पर पुरस्कार को ब्यबस्था गरिएको छ । भने हरेक खेलको विजेता टोलीले १५ हजार ५ सय रुपैयाँ नगद बोनस पाउने ब्यबस्था आयोजक ले गरेको छ ।

कार्तिक ९ गते देखि सुरु भएको प्रतियोगिता मा ६ टिम को सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्