onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

जगवार क्रीकेट क्लब लाई हराउदै धनगढी क्रीकेट एकेडेमी जेसिस कप को बन्यो च्याम्पियन

चैत्र ४ दाङ , अनलाईन खेलखबर || दाङ क्रीकेट सघं को प्राबिधिक सहयोग र त्रिभुवन नगर जेसिस को आयोजना मा दाङ मा भएको क्लब स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेसिस कप को आज भएको को फाईनल खेल मा जगवार क्रीकेट क्लब लाई ५९ रनले पराजित गर्दै धनगढी क्रीकेट एकेडेमी च्याम्पियन बनेको छ ।

दाङ घोराही स्थित गुलरिया क्रीकेट मैदान मा भएको फाईनल खेल मा टस जितेर पहिले जगवार क्रीकेट क्लब बाके ले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

टस हारी पहिले ब्याटिङ मा उत्रिएको धनगढि क्रीकेट एकेडेमी ले पुरै २० ओवर खेल्दै ९ विकेट गुमाएर १ सय ५१ रनको ठूलो स्कोर खडा गरेको थियो । जसमा बसन्त सिहँ कार्की ले उत्कृष्ट २ चौका र ३ छ्क्का को मद्दत मा ५१ बलको सामना गर्दै ४२ रनको पारी खेलेका थिए यस्तै प्रकाश जैसी ले ३० रनको महत्त्वपूर्ण योगदान टिम लाई दिएका थिए ।

यता बलिङ तर्फ जगवार का लागि रमेश सिँह ले सर्बाधिक ४ बिकेट लिएका थिए ।

१ सय ५२ रन को लक्ष्य पछ्याएको टिम जगवार क्रीकेट कल्ब १९.४ ओवर मा मात्र ९२ रन बनाउदै अलआउट हुन पुगेको थियो र खेल धनगढी ले जित्न सफल भयो । जगवार का लागि ईमरान आलम ले सर्बाधिक २१ रन बनाउनु बाहेक अन्य कुनै ब्याटसम्यान ले उल्लेय प्रदंशन गर्न असफल भए पछि नतिजा धनगढी का लागि गएको थियो ।

जगवार को ब्याटिङ ध्वत गर्ने क्रममा धनगढि का पवन कार्की र बिनोद लामा ले समान ३ / ३ विकेट लिएका थिए ।

यता प्रतियोगितामा देशका विभिन्न १६ वटा क्लबहरु सहभागी भएका थिए । त्रिभुवननगर जेसीजले सन् २०१६ देखि थालिएको जेसीज कप क्रिकेट पहिलो वर्ष जिल्लास्तरीय, दोस्रो वर्ष अञ्चल र यसपाली राष्ट्रस्तरीय प्रतियोगिता सञ्चालन सफल र भब्यता का साथ सम्पन्न गरेको छ ।

प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी, इन्द्रेणी क्रिकेट क्लब भालुवाङ, नेपाल स्टार क्रिकेट क्लब कोहलपुर, जय नेपाल स्पोट्स क्लव कृष्णनगर, सुर्खेत क्रिकेट संघ, देवदह क्रिकेट युनिट बुटवल, पव्लिक ज्ञानज्योति तुलसीपुर, घोराही क्रिकेट एकेडेमी, योङ गन्स क्रिकेट क्लब नेपालगञ्ज, होली ल्याण्ड बाँके, जग्वार क्रिकेट क्लव बाँके, महाकाली क्रिकेट क्लव, घोराही ग्लाइडर क्रिकेट क्लब र होराइजन क्रिकेट एकेडेमी र कर्णाली प्रदेश ले प्रतिष्प्रर्धा गरेका थिए ।

बिजेता टिम धनगढी क्रीकेट एकेडेमी ले १ लाख २५ हजार सहित शिल्ड प्राप्त गरेको छ भने उप बिजेता जगवार क्रीकेट कल्ब ले ५० हजार नगद सहित शिल्ड पुरस्कार प्राप्त गर्न सफल भएको छ । यस्तै प्रतियोगिता मा न्यु होराईजन क्रीकेट एकेडेमी का कृष्ण कार्की उत्कृष्ट खेलाडी भए उनले नगद १५ हजार प्राप्त गरेका छ्न ।

उत्कृष्ट ब्याटसम्यान पनि कृष्ण कार्कि ले नै प्राप्त गरे यस्तै उत्कृष्ट बलर सुनिल सुनार हुदा जेसिस ईमर्जिङ खेलाडि सन्देश पान्डे घोषित भएका छ्न । उत्कृष्ट ब्याटसम्यान , बलर र ईमर्जिङ खेलाडी ले समान १०/१० नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छ्न ।

प्रतिक्रिया दिनुहोस्