onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पिपिएल मा घनगढि ले पहिलो जित हात पार्दा बिराटनगर को लगातार दोस्रो हार

कार्तिक ११ , अनलाईन खेलखबर || पोखरा मा जारी पिपिएल क्रीकेट प्रतियोगिता अन्तर्गत आज भएको बिराटनगर टाईटान्स र घनगढि ब्लुज बिच भएको खेल मा घनगढि ७८ रनले बिजयी भएको छ ।

पोखरा रंगशाला मा ट्स हारेर पहिले ब्याटिङ गरेको दिपेन्द्र सिँह एरि को घनगढि ले पिटर टयागो को अर्थसतकिय ५३ रन र सौरभ खनाल को ४१ रनको पारी को मद्दत ले निर्धारित २० ओ वर पुरै खेल्दै सबै बिकेट गुमाएर १८२ रन बनाएको थियो । ठूलो स्कोर बनाउने क्रम मा कप्तान दीपेन्द्र सिँह एरि ले पनि २९ रनको योगदान गरेका थिए ।

बलिग तर्फ बिराटनगर का लागि जितेन्द्र मुखिया ले सर्बाधिक ४ बिकेट लिए । साथै मोहम्मद जायद आलम , सन्दिप लामिछाने , सुनिल घमला र किशोर महतो ले समान १/१ बिकेट लिए ।

१ सय ८३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ मा उत्रिएको सन्दिप को टिम बिराटनगर ले संतोषजनक प्रदशन गर्न सकेन ।ठुलो लक्ष्य पछयाएको भए पनि बिराटनगर का कुनै ब्याट्सम्यान ले उल्लेख्य योगदान गर्न नसक्दा बिराटनगर १६.४ ओवर मा अलआउट हुदै १०४ रन मै समिटिएको थियो ।

प्रतियोगिता मा बिराटनगर को यो लगातार दोस्रो हार ब्यहोरेको छ । भने घनगढि ले पहिले जित हासिल गरेको छ ।

बिराटनगर का लागि ओपनर सुनिल घमला को २१ रन नै सर्बाधिक स्कोर हुन पुग्यो । यस्तै मोहम्मद जायद आलम ले १९ रन र एन्द्रे सुबिकिशन ले १८ रनको पारी खेलेका थिए ।

यस्तै आज हुने दोस्रो खेल सवा १ बजे पछि बुटवल ब्लास्टर र पोखरा पल्टन बिच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्