onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

गौरव तोमर ले शानदार ब्याटिङ गरेपछी घनगढि माथी काठमाडौ को रोमाञ्चक जित

कार्तिक १० , अनलाईन खेलखबर || पोखरा मा जारी नेपाल को सबैभन्दा ठूलो घरेलु क्रीकेट प्रतियोगिता पोखरा प्रिमियर लिग ( पिपिएल ) अन्तर्गत आज सनिवार भएको दोस्रो खेल मा ज्ञानेन्द्र मल्ल को टोलि काठमाडौ रोयल्स बिजयी भएको छ ।

खेल मा काठमाडौ ले घनगढी ब्लुज माथी १७ रनले बिजयी हासिल गरेको छ ।

१ सय ८१ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ गर्न उत्रिएको घनगढि ले निर्धारित पुरै २० ओवर खेल्दै ८ बिकेट गुमाएर १ सय ६३ रन बनायो ।

रोमान्चित वनेको खेल मा धनगढी जित नजिक पुग्दा पुग्दै असफल हुन पुग्यो । घनगढि लाई जित नजिक कप्तान दीपेन्द्र सिँह एरि ले पुर्याए निकै राम्रो लय मा ब्याटिङ गरेका उनले अर्थसतकिय ५४ रनको पारी खेले ।

पहिलो बिकेट टिम को स्कोर २१ रन हुदाँ टिम ले दुबै ओपनर लाई गुमाएको थियो । जसमा सन्दिप सुनार ले ११ रन र ल्यारेन्स ले ८ रनको पारी खेले । यसपछि मैदान प्रबेश गरेका पिटर थियागो १० रन र दिलिप नाथ ले १० रन बनाए ।
यसपछि पाचौ बिकेट का लागि दीपेन्द्र र सन्दिप जोरा बिच ३७ रनको साझेदारी भएको थियो । सन्दिप २७ रन मा अमर सिँह रौटेला को बल मा आउट हुन पुगे । सन्दिप आउट भए पछि दिपेन्द्र लाई सौरभ खनाल केही बेर साथ दिए र खेल घनगढि को पक्ष मा गएको आवास हुदाँ हुँदै १८ ओवर मा गौरब तोमर ले उत्कृष्ट बलिग गर्दै २ रन खर्चिएर सौरभ खनाल लाई आउट गरे पछि खेल काठमाडौ को पक्ष मा गएको थियो ।

खेलको टर्निग पोईन्ट को रहेको १८ ओवर मा सौरभ खनाल १७ रन मा आउट हुन पुगे ।

बलिग तर्फ काठमाडौ का लागि अमर सिँह रौटेला , सुशन भारी र बसन्त रेग्मी ले समान २/२ बिकेट लिए भने नन्दन यादब र गौरब तोमोर ले १/१ बिकेट लिन सफल भए ।

यसअघि पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं ले निर्धारित २० ओवर पुरै खेल्दै ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।

गौरब तोमरले ९५ रनको उत्कृष्ट पारी खेलेपछी काठमाडौ ठूलो स्कोर खडा गर्न सफल भएको थियो । ४४ बल सामना गरेका उनले १० छक्का र ४ चौका प्रहार गरे। उनले तेस्रो विकेटका लागि नरेश बुढाऐरसँग ९६ रनको साझेदारी गरेका थिए ।

नरेश ३६ रनमा नटआउट रहे। २४ बल खेलेका उनले २ छक्का र २ चौका प्रहार गरे। यस्तै टोलीका लागि जयकिशन कोल्सावालाले २५ रन जोडे। यस्तै ओपनर अमीत श्रेष्ठ ले १२ रन बनाए ।

धनगढीका दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र पिटर डेबिड ट्रिगोले समान १–१ विकेट लिए।

अब प्रतियोगिता अन्तर्गत भोलि आईतवार बिराटनगर टाईटान्स र धनगढि ब्लुज बिच बिहान ९ बजे पछि पहिले खेल हुनेछ । यस्तै दोस्रो खेल सवा १ बजे पछि बुटवल ब्लास्टर र पोखरा पल्टन बिच हुनेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *