onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

पारस खड्का को टिम चितवन राईनोज को पहिले खेल मै लज्जास्पद हार : बुटवल ठुलो अन्तर ले बिजयी

कार्तिक १० , अनलाईन खेलखबर || पोखरा मा पोखरा प्रिमियर लिग ( पिपिएल ) अन्तर्गत आज दोस्रो दिनको पहिलो खेलमा सोमपाल कामि को टिम बुटवल ब्लास्टर ले पारस खड्का को टिम चितवन् राईनोज लाई ७० रनले पराजित गरेको छ ।

पोखरा रंगशाला मा आज ट्स हारेर पहिले ब्याटिङ गरेको बुटवल ब्लास्टर ले निर्धारित पुरै २० ओवर खेल्दै १ सय ३५ रन ६ बिकेट को क्षतिमा बनाएको थियो ।

मध्यम स्कोर गर्ने क्रम मा बुटवल का लागि ओपनर सागर पुन र सङ्खर राना ले उत्कृष्ट ब्याटिङ गरे । सागर ले ४६ रन बनाउँदा सङ्खर ले सर्बाधिक ४८ रनको पारी खेल्दै टिम का लागि सम्मानजनक स्कोर तर्फ पुर्याएका थिए । यस्तै बुटवल का लागि सिद्धान्त लोहनि को १७ रनको पारी पनि महत्त्वपूर्ण रहेको थियो ।

सुरुवात बुटवल ले राम्रो भने गरेको होईन ईनिग को पहिलो ओवर मै दुई बिदेशी खेलाडी रोहन मुस्तफा र चिराग सुरि लाई गुमाएको थियो । उनिहरु करन केसि को बल मा आउट हुन पुगेका थिए ।

बलिग तर्फ चितवन राईनोज का लागि करन केसि ले २ बिकेट लिए भने रामनरेश गिरि र शक्ति गौचन ले समान १/१ बिकेट लिन सफल भए ।

यसपछि १ सय ३६ रनको मध्यम स्कोर पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको चितवन राईनोज १६.५ ओवर भित्र ६५ रन मा अलआउट हुन पुग्यो ।

पहिलो खेल मै निकै ठूलो अन्तर ले पराजित चितवन का लागि भुवन कार्की को १९ रन नै सर्बाधिक हुन पुग्यो । सुरुवात देखि नै खराव प्रदशन गरेको चितवन् को त्यो क्रम जारी नै रहयो ओपनर सहित ३ ब्याट्सम्यान ले त खाता खोल्न समेत सकेन न । टिम का लागि कप्तान पारस खडका ले १० रन बनाए भने शनि पटेल र शक्ति गौचन ले समान ९/९ रन बनाएका थिए ।

बुटवल लाई शानदार जित दिलाउन कप्तान सोमपाल कामी ले सर्बाधिक ४ बिकेट लिएका थिए । भने ललित ले २ बिकेट हात पारे ।

यसपछि प्रतियोगिता को दोस्रो दिनको दोस्रो खेल मा ज्ञानेन्द्र मल्ल को काठमाडौ रोयल्स ले दीपेन्द्र सिँह एरि को धनगढी ब्लुज सगँ सवा १ बजे पछि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *