onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पोखरा प्रिमियर लिग मा घरेलुु टोली पोखरा को बिजयी सुरुवात : बिराटनगर ५८ रनले पराजित

कार्तिक ९ , अनलाईन खेलखबर || आज देखी नेपाल को पर्यटकीय शहर पोखरा मा सुरु भएको पोखरा प्रिमियर लिग ( पिपिएल ) को उद्घाटन खेल मा घरेलु टोली पोखरा पल्टन ले बिराटनगर टाईटान्स लाई ५८ रनले पराजित गरेको छ ।

प्रतियोगिता को उद्घाटन खेल मा शरद भेषावकर को टिम पोखरा ले दिएको १ सय ९८ रनको ठूलो स्कोर पछ्याएको सन्दिप लामिछाने कप्तानी मा रहेको बिराटनगर ले निर्धारित पुरै २० ओवर खेल्दै ८ बिकेट को क्षतिमा मात्र १३९ रन मा सिमित हुन पुग्यो र खेल पोखरा ले आफ्नो पक्ष मा पार्न सफल भयो ।

बिराटनगर ले ठूलो लक्ष्य पछ्याएको भए पनि सुरुवात देखि नै पोखरा का बलर सामु कमजोर प्रदशन गर्यो । ओपनरद्रय सुनिल धमला र प्रदिप एरि लाई सस्तै मा गुमाएपछी बिराटनगर ले उल्लेख्य प्रदशन गर्न सकेन ।

सुरुवाती २.३ ओवर भित्र टिमको स्कोर २२ रन हुँदा दुबै ओपनर लाई बिराटनगर ले गुमाएको थियो । प्रदिप ले १० रन बनाए भने सुनिल धमला ले ११ रनको पारी खेले ।

यस्तै टिम का लागि राजु रिजाल र पुष्प थापा ले सर्बाधिक समान ३०/३० रन बनाए । यस्तै बिराटनगर का लागि जितेन्द्र ठकुरी ले १० रन र सन्दिप लामिछाने ले अबिजित १४ रन को योगदान गरे ।

बलिग तर्फ पोखरा पल्टन का लागि ललित राजबन्शि ले सर्बाधिक ३ बिकेट हात पार्दा , मेहबुब आलम , कृष्ण कार्की , शरद भेशवाकर , रासिद खान र बिक्रम भुषाल ले समान १/१ बिकेट हात पारे ।

यसअघि पोखरा क्रीकेट मैदान मा टस हारेर घरेलु टोली पोखरा ले पहिले ब्याटिङ गरेको थियो । जसअनुरुप पोखरा ले निर्धारित पुरै २० ओवर खेल्दै मात्र ३ बिकेट गुमाएर १ सय ९७ रन बनाउन सफल भएको थियो ।

सुरुवात देखि राम्रो लय मा देखिएको पोखरा ले पहिलो बिकेट का लागि ५३ रनको साझेदारी ओपनरद्रय मोहम्मद आशिफ शेख र कुशल भुर्तेल बिच भएको थियो । सन्दिप लामिछाने ले कुशल भुर्तेल लाई पबेलियन फर्काएका थिए ।

उनले २६ बलको सामना गर्दै ५ चौका र २ छ्क्का समेतको मद्दत मा ३८ रनको पारी खेले ।

यस्तै टिम लाई ठुलो स्कोर सम्म ओपनर मोहम्मद आसिफ शेख ले अर्थसतकिय पारी खेल्दै लगेका थिए । उनले ५४ बलको सामना गर्दै ५२ रन बनाए ।

यस्तै रबि ईन्द्र सिँह ले पनि शानदार प्रदशन गरे । उनले ४४ रनको योगदान टिमलाई गरेका थिए । साथै ईनिग को अन्तिम तिर बिनोद भन्डारी ले आक्रमक ब्याटिङ गर्दै टिमलाई ठुलो स्कोर तर्फ अग्रसर गराउन सफल भए ।

बिनोद ले अबिजित रह्दै ११ बल मै ४१ रनको पारी खेले । उनले ५ छ्क्का र २ चौका प्रहार गरे । यस्तै शरद भेषावकर पनि ७ बिकेट मा अबिजित रहे ।

बलिग तर्फ बिराटनगर का लागि सन्दिप लामिछाने ले २ बिकेट र शाहब आलम ले १ बिकेट लिए ।

अब प्रतियोगिता मा भोलि सनिवार दुई खेल हुनेछ । पहिलो बिहान ९ बजे पछि चितवन राइनोज र बुटवल ब्लास्टर भिडने छ न ।भने दोस्रो खेल मा काठमाडौ रोयल्स र घनगढि ब्लुज बिच दिउसो सवा १ बजे पछि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्