onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पिपिएल को उद्घाटन खेल मा घरेलु टोली पोखरा ले उत्कृष्ट ब्याटिङ गर्दै बिराटनगर सामु ठूलो लक्ष्य प्रस्तुत

कार्तिक ९ , अनलाईन खेलखबर || आज देखी नेपाल को पर्यटकीय शहर पोखरा मा सुरु भएको पोखरा प्रिमियर लिग ( पिपिएल ) को अहिले उद्घाटन खेल जारी रहेको छ ।

प्रतियोगिता को उद्घाटन खेल मा अहिले शरद भेषावकर को टिम पोखरा पल्टन र सन्दिप लामिछाने को बिराटनगर टाईटान्स बिच खेल भईरहेको छ ।

पोखरा क्रीकेट मैदान मा टस हारेर घरेलु टोली पोखरा ले पहिले ब्याटिङ गरेको थियो । जसअनुरुप पोखरा ले निर्धारित पुरै २० ओवर खेल्दै मात्र ३ बिकेट गुमाएर १ सय ९७ रन बनाएको छ ।

सुरुवात देखि राम्रो लय मा देखिएको पोखरा ले पहिलो बिकेट का लागि ५३ रनको साझेदारी ओपनरद्रय मोहम्मद आशिफ शेख र कुशल भुर्तेल बिच भएको थियो । सन्दिप लामिछाने ले कुशल भुर्तेल लाई पबेलियन फर्काएका थिए ।

उनले २६ बलको सामना गर्दै ५ चौका र २ छ्क्का समेतको मद्दत मा ३८ रनको पारी खेले ।

यस्तै टिम लाई ठुलो स्कोर सम्म ओपनर मोहम्मद आसिफ शेख ले अर्थसतकिय पारी खेल्दै लगेका थिए । उनले ५४ बलको सामना गर्दै ५२ रन बनाए ।

यस्तै रबि ईन्द्र सिँह ले पनि शानदार प्रदशन गरे । उनले ४४ रनको योगदान टिमलाई गरेका थिए । साथै ईनिग को अन्तिम तिर बिनोद भन्डारी ले आक्रमक ब्याटिङ गर्दै टिमलाई ठुलो स्कोर तर्फ अग्रसर गराउन सफल भए ।

बिनोद ले अबिजित रह्दै ११ बल मै ४१ रनको पारी खेले । उनले ५ छ्क्का र २ चौका प्रहार गरे । यस्तै शरद भेषावकर पनि ७ बिकेट मा अबिजित रहे ।

बलिग तर्फ बिराटनगर का लागि सन्दिप लामिछाने ले २ बिकेट र शाहब आलम ले १ बिकेट लिए ।

अब बिराटनगर ले १ सय ९८ रनको बिजयी लक्ष्य लिई केही बेर पछि जवाफी ब्याटिङ मा उत्रिने छ ।

प्रतिक्रिया दिनुहोस्