onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

त्रियुगा स्पोर्ट्स बन्यो सप्तरी मा भएको प्रथम मेयर गोल्ड कप फुटबल प्रतियोगिता को च्याम्पियन

कार्तिक ७ ,लोकेन्द्र प्रसाद यादब (अनलाईन खेलखबर )|बोदे बसाईन नगरपालिका -५ सप्तरी को आयोजना मा सप्तरी मा भएको प्रथम मेयर गोल्ड कप फुटबल प्रतियोगिता को उपाधी त्रियुगा स्पोर्ट्स टिम फतेपुर सप्तरी ले उचालेको छ ।

त्रियुगा स्पोर्ट्स र बेङ्गखाडी मोहतरी बिच आज बुधबार भएको प्रतियोगिता को फाईनल खेल मा बेङ्गखाडी मोहतरी बिरुद्ध ३-२ को गोल अन्तर ले पराजित गर्दै त्रियुगा स्पोर्ट्स प्रतियोगिता को च्याम्पियन बनेको हो ।

स्थानिय श्री चन्द्रा नमुना माध्यमिक बिद्यालय बोदे बर्साईन सप्तरीको खेल मैदानमा मा भएको फाईनल खेल निकै रोमाञ्चक बनेको थियो ।

खेल सुरु भएको १५ अाै मिनेटमा मोहत्तरी ले सुरुवाति अग्रता लिएको थियो । मोहत्तरी का सविन विक ले पहिलो गोल गरे ।

यसपछि खेलको २५ अाै मिनेटमा त्रियुगा स्पोर्ट्स ले पनि गोल गर्दै खेललाई रोमाञ्चक बनायो । त्रियुगा स्पोर्ट्स का लागि असन राई ले गोल गरेका थिए ।

पहिलो हाफ एक एक को बराबरि मा सकिएको खेल मा दोस्रो हाफ अझै ससक्त बन्यो । दोस्रो हाफ मा खेलको ५० औँ मिनेट मा अाकाश राई ले त्रियुगा स्पोर्ट्स का लागि दोस्रो गोल गरे ।

यसपछि खेलको ६० औं मिनेट मा असन राई ले ब्यक्तिगत दोस्रो गोल गर्दै टिम का लागि तेस्रो गोल गरे ।

खेल मा ३-१ ले अग्रता बनाउदै त्रियुगा स्पोर्ट्स ले उपाधि नजिक पुगेको थियो । यसपछि बेङ्गखाडी मोहतरी ले खेल मा फर्किन बारम्बार कोसिस गरे पनि सफल हुन सकेन । तर खेलको अन्तिम क्षण मा भने टंकु लामा ले बेङ्गखाडि महोत्तरी का लागि दोस्रो गोल फर्काए पनि त्यो प्रयाप्त हुन सकेन । र खेल त्रियुगा स्पोर्ट्स ले ३-२ को गोल अन्तर ले आफ्नो पक्ष मा पार्दै प्रतियोगिता को च्याम्पियन बन्न सफल भयो ।

फाईनल खेल को म्यान अफ दि म्याच त्रियुगा स्पोर्ट्स का असन राई घोषित भए ।

प्रतियोगिता को बिजेता त्रियुगा स्पोर्ट्स फत्तेपुर सप्तरी ले नगद ५१ हजार सहित कप प्राप्त गर्यो । भने प्रतियोगिता को उपबिजेता बङ्गखाडी मोहतरी ले नगद ३५ हजार र कप मा चित्त बुझाउन बाध्य भयो ।

यस्तै प्रतियोगिता को म्यान अफ दि सिरिज अर्थात उत्कृष्ट खेलाडी च्याम्पियन टिम त्रियुगा स्पोर्ट्स फत्तेपुर सप्तरी का शिशिर लेखी भए । उनले नगद ३ हजार र मेडल प्राप्त गरे ।

प्रतियोगिता को फाईनल खेल मा अायोजित पुरस्कार बितरण तथा प्रतियोगिता को समापन कार्यक्रमको अध्यक्षता खेलकुद समितिका अध्यक्ष राजकिशोर यादव ले गरेका थिए । यस्तै प्रमुख अतिथि बोदे बर्साईन नगरपालिका का मेयर अातेश सिंह यादव र अतिथि ५ नम्बर वडा अध्यक्ष मो मजेबुल रहमान को पनि कार्यक्रम मा उपस्थिति रहेको थियो।

बिजेता टिम लाई मेयर अातेश सिंह यादव ले पुरस्कार हस्तान्तरण गरेका थिए । साथै उपबिजेता लाई ५ नम्बर वडा का वडाअध्यक्ष मोहम्मद मजेबुल रहमान ले गरेका थिए ।

फाईनल खेल मा स्थानीय माउन्ट एभरेस्ट बोर्डिङ स्कुलका बिद्यार्थीहरु ले स्वागत नृत्य प्रस्तुत समेत गरेका थिए । फाईनल खेल हेर्न दर्शकहरु को पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

नकआउट को आधार मा खेलाईएको प्रतियोगिता मा कुल ८ टिमहरु को सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्