onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ग्लोबल प्रिमियर लिग ( जिपिएल ) को दोस्रो दिन मा सिद्देश्वरी लायन्स र पाखापानी राईनोज बिजयी

असोज ७, सनिस आजाद(अनलाईन खेलखबर ) || ग्लोबल युथ क्लब को आयोजना मा दाङ जिल्ला को पाखापानी मा जारी ग्लोबल प्रिमियर लिग ( जिपिएल ) अन्तर्गत दोस्रो दिन मा सिद्देश्वरि पाखापानी र पाखापानी राईनोज बिजयी भएका छ्न ।

प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेल मा टस जितेर पहिले ब्याटिङ गरेको त्रिशुल किग्स लालमटिया ले निर्धारित पुरै ओवर खेल्दै १३७ रनको योगफल खडा गरेको थियो ।त्रिशुल का लागि उमेश सहनी ले सर्बाधिक ४३ रनको पारी खेले यस्तै सुबाश भुषाल र बिशमभर गुप्ताले समान १६/१६ रनको योगदान टिम लाई दिएका थिए ।

बलिग मा सिद्देश्वरि पाखापानी का बिजय बिक ले ३ बिकेट हात पार्दा जीवन केसि , बिशाल ज्ञवाली , ईश्वर खड्का ले समान १/१ बिकेट लिन सफल भए ।

यसपछि १ सय ३८ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको सिद्देश्वरि लायन्स ले १७ ओवर भित्र लक्ष्य भेटायो । सिद्देश्वरि लाई जिताउन जीवन केसिले सर्बाधिक ३९ रन को पारी खेले यस्तै विभिषण आचार्य ले २४ रन , सुनिल सुबेदिले २२ रन , र संतोष खनाल ले १४ रन बनाउदै टिम लाई त्रिशुल किग्स लालमटिया माथी सहज ४ बिकेट को जित दिलाए ।

बलिग तर्फ त्रिशुल का सुबाश भुषाल ले ४ बिकेट लिए भने बिष्णु सुबेदि र हेमराज अधिकारी ले १ /१ बिकेट हात पारे ।

यस्तै प्रतियोगिता अन्तर्गत आजै भएको दोस्रो खेल मा पाखापानि राईनोज ले भालुबाङ नाईट राईडर्स लाई पराजित गरेको छ ।

पाखापानी खेल मैदान मा जारी प्रतियोगिता मा कुल ४ टिम को सहभागिता रहेको छ । प्रतियोगिता मा खेलाडी छ्नोट अक्सन मार्फत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्