onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल नेदरल्यान्ड सामु पराजित : नेपाल प्रतियोगिता को आठौं स्थान सुरक्षित गर्न सफल

चैत्र ३ , अनलाईन खेल खबर || जिम्बाबे मा जारी बिश्वकप छ्नोट प्रतियोगिता का मा सातौं स्थान का लागि नेपाल र नेदरल्यान्ड बिचको खेल मा नेदरल्यान्ड ४५ रनले बिजयी भएको छ । जित सगै नेदरल्यान्ड ले प्रतियोगिता को सातौ टिम बन्यो बने आज पराजित नेपाल प्रतियोगिता को आठौं टिम बन्दै प्रतियोगिता को समापन गरेका छ्न ।

१ सय ९० रनको लक्ष्य पछयाएको नेपाल ले ४४.४ ओवर मा पुरै बिकेट गुमाउदै लक्ष्य भेटाउन असफल भयो र नेदरल्यान्ड ले नेपाल माथी ४५ रनको जित हासिल गर्न सफल भयो । जस मा नेपाल का लागि सर्बाधिक सोमपाल कामी ले ३६ रन बनाएका थिए । यस्तै कप्तान पारस खडका ले २२ रन बनाउदा दीपेन्द्र सिहँ एरि ले २५ रनको योगदान दिएका थिए । भन्ने अन्य ब्याटसम्यान हरु ले उल्लेख्य योगदान गर्न असफल भए पछि नतिजा नेदरल्यान्ड तर्फ गएको छ ।ओपनर् ज्ञानेन्द्र मल्ल आज पनि चल्न नसक्दा टिमले दबाब झेल्नु परेको थियो मल्ल ४ रन बनाएर आउट हुन पुगे यस्तै अनिल कुमार शाह ले ८ रन बनाउदा आरिफ शेख ले ५ रन बनाएर पभेलियन जान बाध्य बने यस्तै करन केसि ले १३ रनको योगदान दिएका थिए । यस्तै सन्दिप लामिछाने र १४ रन बनाउदा ललित राजबशि ले २ रन बनाएका थिए ।


यस अगि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ५० अोभरमा ९ विकेट गुमाउदै १ सय ८९ रन बनाएको थियो। उसका बस डी लिडीले सर्वाधिक ३९ रन जोडे। यस्तै, उसका म्याक्सवेल डोउडले २८ तथा रोइलोभ मार्वे र स्कट इडवार्डले समान २५-२५ रन जोडेका थिए।

सुरुवात भने नेदरल्यान्ड को राम्रो हुन सकेको थिएन पहिलो बल मै पहिलो विकेट गुमाएको टिम नेदरल्यान्ड ले पछि सम्हालिएर ब्याटिङ गरेको थियो । यता बलिब्ग तर्फ नेपालका सोमपाल कामीले सर्बादिक ४ विकेट लिएका थिए योसँगै लिस्ट ए क्रिकेटमा ५० विकेट लिने सोमपाल पहिलो नेपाली खेलाडी बनेका छ्न यस्तै ललित राजबंशि र सन्दीप लामिछाने ले पनि समान २-२ विकेट हात पार्न सफ़ल भए

आज को खेल यस प्रतियोगिता को स्थान निर्धारण गर्ने प्रतिष्ठा को खेल मात्र थियो , जसमा बिजयी नेदरल्यान्ड ले सातौ स्थान प्राप्त गर्यो भने पराजित नेपाल ले आठौं स्थान प्राप्त गरि प्रतियोगिता को समापन गरेका छ्न यस अगि नै प्ले अफ बाट ४ बर्ष सम्म का लागि एकदिवसीय मान्यता पाईसकेको छ । जुन नेपाली क्रीकेट को सबैभन्दा ठूलो उपलब्धि हो ।

प्रतिक्रिया दिनुहोस्