onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बिश्वकप ट्रफी यहि साता नेपाल मा ल्याईदै : नेपाल को भब्य स्वागत गर्ने तयारी

असोज ६ , अनलाईन खेलखबर ।। अर्को बर्ष इङ्ल्यान्ड र वेल्समा मा हुन गईरहेको एकदिवसीय बिश्वकप को ट्रफी यात्रा आईसीसी ले अहिले जारी राखेको छ । विभिन्न मुलुक पछि बिश्वकप ट्रफी केही दिन पछि नेपाल पनि ल्याईने भएको छ ।

नेपाल क्रीकेट सघं को पुर्ब सिईओ तथा आइसीसीका नेपाल प्रतिनिधि भावना घिमिरे का अनुसार यसै साता विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याउन लागिएको र ट्रफी लाई भब्य रुपमा स्वागत गर्ने कार्यक्रम तय समेत भएको बताईन । ट्रफी सगरमाथा आधार शिविरसम्म पुर्याइने छ ।

विश्वकप प्रतियोगिता सुरु हुनुअघि प्रतियोगिता को लोकप्रियता बढाउन ट्रफीलाई रुट बनाएर विभिन्न मुलुकको यात्रा गराउने चयन छ सोही अनुरुप नेपाल मा पनि पहिलो पटक यहि आउदो अक्टोबर २७ तारीख मा विश्वकप ट्रफी नेपाल ल्याईन लागेको हो ।

बिश्वकप ट्रफी यात्रा अहिले जारी छ ।ओमान, अमेरिका, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश हुँदै ट्रफी नेपाल आउन लागेको हो । आईसीसी का अनुसार यस पटक ५ वटा महादेशका २१ राष्ट्रका ६० भन्दा बढी सहरमा बिश्वकप ट्रफी पुग्ने छ । अब भारत हुँदै न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, जर्मनी सम्म बिश्वकप ट्रफी पुग्नेछ ।

अगस्ट २७ तारिख मा दुबईस्थित आईसीसी को मुख्यालय बाट सुरु भएको यात्रा करिव ९ महिना चल्नेछ । अन्तिम का १०० दिन आयोजक को स्थानिय शहर मा ट्रफी यात्रा गराईने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्