onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिप को एक पछि अर्को सफलता : अब सन्दिप ले अष्ट्रेलियन लिग ‘बिग बास’ खेल्ने

कार्तिक ५ , अनलाईन खेलखबर || नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी लेग स्पिनर सन्दीप लामिछाने ले अष्ट्रेलिया को उच्च डिभिजनको क्रिकेट लिग ‘बिग बास’ खेल्ने भएका छन् ।

भखरै युएई मा सम्पन्न अफगानिस्तान प्रिमियर लिग ( एपिएल ) सकिए सगैँ सन्दिप ले अर्को सफलता पाएका छ्न ।

चर्चित क्रिकेट वेबसाइट क्रिकइन्फोको अनुसार सन्दीपले मेलबर्न स्टार्ससंग सम्झौता गरेका छन् । सन्दीपले मेलबर्न स्टार्सबाट ‘बिग बास’ खेल्ने भएका हुन् ।

‘बिग बास आउदो डिसेम्बर १९ देखि फेब्रुअरी १७ सम्म चल्नेछ । बिग बाँस मा ८ टिम को सहभागिता रहने छ ।

आईपिएल मा छनोट भएर उत्कृष्ट प्रदशन गरेपछी बिश्वको ध्यान सन्दिप मै गएको देखिन्छ । यसपछि उनी क्रमश विभिन्न लिग मा अनुबन्धित हुने क्रम जारी छ । आईपिएल पछि उनी क्यारेबियन प्रिमियर लिग( सिपिएल ) क्यानडा मा भएको ग्लोबल टि-२० लिग पनि खेले ।

सन्दिप  युएई मा यहि आउदो नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म हुने टि – १० लिग प्रतियोगिता पनि खेल्दैछ्न । केरला किंग्सले ले उनलाई ३० हजार डलर मा अनुबन्धित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्