onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रामधुनि युवा क्लव लाई पराजित गर्दै त्रियुगा स्पोर्ट्स , सप्तरी मा जारी मेयर गोल्ड कप को फाईनल प्रबेश : फाईनल मा बेङ्गखाडी मोहत्तरी सगँ भिडने

कार्तिक ५ , लोकेन्द्र प्रसाद यादब (अनलाईन खेलखबर )||सप्तरी जिल्ला मा जारि प्रथम मेयर गोल्ड कप अन्तर्गत दोस्रो सेमिफाइनल मा रामधुनि युवा कल्व झुम्का सुनसरी लाई २-० ले पराजित गर्दै त्रियुगा स्पोर्ट्स टिम फतेपुर सप्तरी प्रतियोगिता को फाईनल प्रबेश गरेको छ ।

यो सगैँ त्रियुगा स्पोर्ट्स ले बेङ्गखाडी मोहतरी सगँ बुधबार फाईनल खेल्नेछ ।

स्थानिय श्री चन्द्रा नमुना माध्यमिक बिद्यालय बोदे बर्साईन सप्तरीको खेल मैदानमा मा भएको खेल मा सुरुवाति अबस्था देखि नै त्रियुगा स्पोर्ट्स रामधुनि युवा कल्व माथी हाबी भएको थियो ।

खेल सुरु भएको १५ मिनेट मै त्रियुगा स्पोर्ट्स ले पहिलो गोल गर्यो । अाकाश राई ले टिम का लागि उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । यसपछि खेलको २० औ मिनेट मा त्रियुगा स्पोर्ट्स ले दोस्रो गोल गर्यो । बिपडन राउतले टिम का लागि दोस्रो गोल गर्दै टिम लाई बलियो स्थिति मा पुर्याएका थिए ।

यसपछि बाकि समय मा दुबै टिम बाट कुनै गोल हुन सकेन र त्रियुगा स्पोर्ट्स ले स्पष्ट २-० को जित हासिल गर्दै प्रतियोगिता को फाईनल प्रबेश गर्न सफल भयो ।

अाजको खेल को म्यान अफ दि म्याच त्रियुगा स्पोर्ट्स सप्तरी का अाकाश राई घोषित भए । उनलाई हक जेनर्ल स्टोर्स बोदे बसर्साईन सप्तरी ले गिफ्ट हयामफर प्रदान गरे ।

प्रतियोगिता को बिजेता टिम ले ५१ हजार नगद सहित कप र उपबिजेता टिम ले नगद ३५ हजार र कप प्राप्त गर्ने छ्न भने म्यान अफ दि सिरिज ले ३ ह्जार नगद सहित मेडल प्राप्त गर्ने जानकारी खेलकुद समिति का उपाध्यक्ष बिश्वमभर यादवले अनलाईन खेलखबर लाई गराए ।

नकआउट को आधार मा खेलाईएको प्रतियोगिता मा कुल ८ टिमहरु को सहभागिता रहेको थियो । बुधवार हुने फाईनल खेल अझै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्