onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

टियु लाई युनिभर्सिटी कप को उपाधी

चैत्र ३ काठमाडौ , अनलाईन खेलखबर || काठमाडौ मा सम्पन युनिभर्सिटी क्रिकेट कप २०१८ को उपाधि त्रिभुवन बिश्वबिद्यालय हात पारेको छ ।

आज त्रिवि क्रीकेट मैदान कीर्तिपुर भएको रोमाञ्चक फाईनल खेलमा डिएभी कलेजलाई ६ विकेटले पराजित गर्दै टियू च्याम्पियन बनेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको डिएभी कलेज ल पुरै २० ओवर खेल्दै मात्र ४ विकेटको क्षतिमा १ सय ४१ रन जोडेको थियो जसमा ओपनर सुधिर चौधरीले ६४ र सन्तोष चौधरीले ३५ रनको महत्त्वपूर्ण योगदान दिएका थिए भने यता बलिङतर्फ टियूका लागि सागर ढकाल ,इशान पाण्डे र रुपेश श्रीवास्तव ले समान १–१ विकेट लिएका थिए ।

१ सय ४२ रनको लक्ष्य टियूले १९.३ ओवर मा ४ विकेट गुमाएर भेटाएको थियो । टिम लाई च्याम्पियन गराउने क्रम मा रबिन जोशि र ईशान पान्डे ले अर्थसतकिय महत्त्वपूर्ण पारी खेले जोशीले ७१ रन तथा इशान पाण्डेले ५७ रन को योगदान गरेका थिए । यस्तै पृथु बाँस्कोटा शून्य रनमा आउट हुँदा सुवास खकुरेलले अबिजित ७ रन बनाएका थिए ।

यता च्याम्पियन टिम टियूले २ लाख रुपैयाँ प्राप्त गरेको छ भने उप – बिजेता डिएभीले १ लाखमा प्राप्त गरेका छ्न भने प्रतियोगिता कै उत्कृष्ट खेलाडी इशान पाण्डे बने उनले २५ हजार पाए। यस्तै सागर ढकाल उत्कृष्ट बलर हुदा अदिल खान उत्कृष्ट ब्याट्सम्यान बने र महेश खत्री इमर्जिङ प्लेयर चुनिए। तीनै जनाले जनही समान १०/१० हजार रुपैयाँ पाए पुरस्कार प्राप्त गर्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्