onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दाङ मा भोलि देखी ग्लोबल प्रिमियर लिग ( जिपिएल ) क्रीकेट प्रतियोगिता हुँदै : खेलाडी अक्सन मार्फत छ्नोट हुने

कार्तिक ४ , सनिस आजाद(अनलाईन खेलखबर)||पछिल्लो समय धेरै भन्दा धेरै क्रीकेट प्रतियोगिता हुँदै आएको दाङ जिल्ला मा ग्लोबल युथ क्लव को आयोजना मा दाङ को पाखापानी मा यहि आउदो कार्तिक ५ गते देखी ग्लोबल प्रिमियर लिग ( जिपिएल ) हुने भएको छ ।

दाङ जिल्ला को राप्ती गाउँपालिका स्तरिय टि – ट्वान्टी प्रतियोगिता लाई अक्सन को ढाचा मार्फत टिम बनाई प्रतियोगिता खेलाईने छ ।

प्रतियोगिता मा भालुबाङ टाईगर्स , पाखापानी राईनोज , पुल्चोक लायन्स र लालमटिया किग्स ले सहभागिता जनाउदै छ्न । जसमा खेलाडी हरु को अक्सन मार्फत छ्नोट गरिने छ ।

अक्सन कार्यक्रम आज आईतवार ४ बजे पछि हुने प्रतियोगिता का प्रचारप्रसार समिती का सदस्य सुमन ज्ञवालि ले अनलाईन खेलखबर लाई जानकारी गराएका छ्न ।

अक्सन मा टिम हरु ले खेलाडी हरु लाई ३ क्याटोगोरी बाट लिन सकिने ब्यबस्था मिलाईएको छ । जसमा “ए ” “बि” र “सि ” रहेका छ्न ।

स्थानिय खेलाडी हरु मात्र सहभागि हुन पाउने यस प्रतियोगिता मा स्थानिय ४८ जना खेलाडी हरु ले आफ्नो नाम अक्सन का लागि दर्ता गरेका छ्न । जसबाट एक टिम ले कम्ती मा १४ खेलाडी हरु लाई आफ्नो टिम मा अनुबन्धित गर्न सक्ने छ्न ।

स्थानिय प्रतिभावान खेलाडी लाई आफ्नो प्रतिभा देखाउने राम्रो अबसर को रुप मा यस प्रतियोगिता लाई लिईएको छ । स्थानिय स्तर मा ओझेल मा परेका खेलाडी लाई आफ्नो क्षमता देखाउने माध्यम र क्रीकेट को बिकास का लागि यो प्रतियोगिता गर्न लागेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्