onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईसीसी को नयाँ नियम अनुसार नेपाली क्रीकेट को ब्यस्तता झनै बढेर जाने : नेपाल लाई धेरै भन्दा धेरै खेल खेल्ने अबसर

कार्तिक ४ , अनलाईन खेलखबर || अन्तर्राष्ट्रिय क्रीकेट परिषद ( आईसीसी ) को सनिवार सिगापुर मा बसेको बिशेष बैठक मार्फत सन २०२३ मा भारत मा हुने एकदिवसीय बिश्वकप को छ्नोट प्रक्रिया को संरचना तय गरे सगैँ नेपाल लाई पनि ठूलो फाईदा हुने देखिएको छ ।

एकदिवसीय बिश्वकप मा पुग्न केहि गार्हो कठिन देखिए पनि नेपाली क्रीकेट भने ब्यस्तता बढेर जाने भएको छ । आईसीसी को नयाँ संरचना मा अहिले को अबस्था झै १० टिम ले नै बिश्वकप मा सहभागिता जनाउने छ्न तर अहिले को र पछि को बिश्वकप सम्म पुग्ने बाटो मा आईसीसी ले ठुलो परिवर्तन गरेको छ ।


जसले गर्दा नेपाल जस्तो भखरै एकदिवसीय मान्यता पाएको टिम लाई खेल हरु धेरै हुने हुदाँ क्रीकेट बिकास र स्तर क्षमता को बिकास का लागि कोशेढुङगा को रुपमा काम गर्नेछ ।

आसन्न सन २०१९ मा ईङ्ल्यान्ड र वेल्स मा मा हुन गईरहेको एकदिवसिय बिश्वकप अघि आईसीसी ले त्यसपछि को बिश्वकप को बाटो तय गरेको हो ।

आईसीसी को यो कदम लाई क्रीकेट खेल मा सबै को उत्तिकै सहभागिता , सबै लाई अबसर र आफ्नो क्षमता देखाउने माध्यम को रुपमा हेरिएको छ । नंया संरचना ले प्रस्टै सङ्केत गरेको छ कि , बिश्वकप को गुणस्तर पनि कम नहोस साथ साथै सबै लाई उत्तिकै महत्त्व दिईएको छ । सहभागिता मात्र १० राख्नु र यसको सङ्ख्या यथावत राख्नु मा आईसीसी ले प्रस्टै भनेको छ सङ्ख्या बढाउनु भन्दा पनि अहिले टिम को स्तर बढाउनु मा आईसीसी लागि परेको छ । बिश्वकप लाई धेरै टिम सहभागि गराएर खल्लो बनाउन आईसीसी अहिले चाह्दैन , टक्कर को खेल होस भन्ने आईसीसी चाहन्छ र त्यो बिश्वकप को मर्म पनि हुन आउँछ ।

आईसीसी को नयाँ संरचना अनुसार नेपाल ले सन २०२३ बिश्वकप पुग्न पहिलो आईसीसी लिग २ प्रतियोगिता खेल्नेछ । जहाँ नेपाल, युएई र स्कटल्याण्ड सहित डिबिजन टु बाट आउने ४ टिम गरि कुल ७ टिमले यो लिग खेल्नेछन । यहाँ बाट उत्कृष्ट ३ टिम बिश्वकप छ्नोट प्रतियोगिता खेल्ने छन ।

यो नै नेपाली क्रीकेट लाई आगामी बर्ष मा ब्यस्तता बनाउने प्रतियोगिता हुनेछ । होम एन्ड अबे मा हुने यो लिग मा नेपाल ले घर र बाहिर गरि एक टिम सगँ ३/३ गरि कुल ३६ खेल खेल्नेछ । जुन आफै मा नेपाल का लागि राम्रो अबसर हो । नेपाल ले यहाँ नै राम्रो गर्न सके आगामी दिन मा नेपाल को सम्भावना पनि बढेर आउने छ ।

नेपाल ले बिश्वकप छ्नोट को पहिलो चरण आईसीसी लिग २ कस्तो प्रदशन गर्छ । सोहि अनुसार ले नै पछि पनि ब्यस्तता बढेर जाने छ । यदि आईसीसी लिग २ मा नेपाल उत्कृष्ट रहे सिदै बिश्वकप छनोट प्रतियोगिता खेल्न पाउने छ । यदि लिग २ मा उत्कृष्ट ३ भित्र पर्न नसके अर्को छ्नोट प्ले अफ खेल्नु पर्नेछ ।यसरी हेर्दा अबसर माथी अबसर नेपाल माथी आएको छ ।

यहाँ मात्र २ टिम का लागि मात्र छ्नोट प्रतियोगिता हुने हुदाँ टेस्ट देखि एसोसियट का बलिया बलिया रास्ट सगँ नेपाल को सामना हुने हुदाँ अन्तिम २ भित्र पर्छ या पर्दैन अहिले नै भन्न सकिने अबस्था छैन , समय धेरै बाकी छ र क्रमश सुधार हुँदै गएमा अबसर सिर्जना पक्कै हुने छ ।

प्रतिक्रिया दिनुहोस्