onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एकदिवसीय बिश्वकप छ्नोट संरचना मा आईसीसी को ठूलो फेरबदल : नेपाल लाई सुनौलो मौका

कार्तिक ४ , अनलाईन खेलखबर || अन्तर्राष्ट्रिय क्रीकेट परिषद ( आईसीसी ) को सनिवार सिगापुर मा बसेको बिशेष बैढक मार्फत सन २०२३ मा भारत मा हुने एकदिवसीय बिश्वकप का छ्नोट प्रक्रिया को संरचना तय गरिएको छ ।

आसन्न सन २०१९ मा ईङ्ल्यान्ड र वेल्स मा हुन गईरहेको एकदिवसिय बिश्वकप अघि आईसीसी ले त्यसपछि को बिश्वकप को बाटो तय गरेको हो ।

जसअनुसार बिश्वकप मा अहिले को अबस्था झै १० टिम ले नै सहभागिता जनाउने छ्न तर अहिले को र पछि को बिश्वकप सम्म पुग्ने बाटो मा आईसीसी ले ठुलो परिवर्तन गरेको छ ।

आइसिसि को नया संरचना अनुसार बिश्वकप मा पुग्न कुल ५ बटा बाटो बनाएको छ । जसमा पहिलो आईसीसी सुपर लिग , दोस्रो आईसीसी लिग २ , तेस्रो आईसीसी च्यालेन्ज कप , त्यस्तै चौथो बिश्वकप क्वालिफायर प्ले अफ र अन्तिम बिश्वकप क्वालिफायर पार गर्नु पर्ने छ ।

छ्नोट प्रक्रिया को पहिलो आईसीसी सुपर लिग मा हाल रहेका १२ टेस्ट मान्यता प्राप्त राष्ट्र र नेदरल्याण्ड सहित कुल १३ रास्ट्रले सुपर लिग खेल्ने छन् । जसबाट उत्कृष्ट ८ टोलि सिधै बिश्वकप मा पुग्ने छ्न ।

यसपछि सुपर लिग का अन्तिम ५ टिम हरु ले पुन अर्को बिश्वकप छ्नोट खेल्ने मौका पाउने छ्न ।

यस्तै आईसीसी लिग २ मा नेपाल, युएई र स्कटल्याण्ड सहित डिबिजन टु बाट आउने ४ टिम गरि कुल ७ टिमले यो लिग खेल्नेछन । यहाँ बाट उत्कृष्ट ३ टिम बिश्वकप छ्नोट खेल्नेछन । भने बाकी ४ टिम लाई बिश्वकप क्वालिफायर प्ले अफ खेल्ने पर्नेछ ।

यस्तै अर्को आईसीसी च्यालेन्ज कप रहेको छ ।जहाँ विश्व क्रिकेट लिगका २१-३२ स्थान का १२ टिमहरु यो कप खेल्नेछन । च्यालेन्ज कप मा दुई समूह बिभाजन गरिने छ । ६/६ बटा रास्ट को २ समूह बाट समूह बिजेता बन्ने २ रास्ट ले बिश्वकप क्वालिफायर प्ले अफ मा पुग्ने छ्न ।

प्ले अफ क्वालिफायर मा आईसिसी लिग २ का अन्तिम ४ टिमहरु , च्यालेन्ज कप बाट छानिएका २ टिम बिच गरि कुल ६ टिम ले प्ले अफ खेल्ने छ्न । यहाँ बाट उत्कृष्ट २ टिम ले बिश्वकप छ्नोट प्रतियोगिता खेल्नेछ्न ।

र अन्तिम मा बिश्वकप क्वालिफायर रहेको छ । जसमा आईसीसी सुपर लिगका अन्तिम ५ टिम हरु , आईसीसी लिग २ का उत्कृष्ट ३ टिम र बिश्वकप क्वालिफायर प्ले अफ बाट आएका २ टिम गरि कुल १० टिमले बिश्वकप क्वालिफायर खेल्नेछन । जसबाट मात्र २ टोली ले बिश्वकप खेल्ने अबसर प्राप्त गर्नेछन ।

नेपालको बिश्वकपको बाटो यस्तो रहेको छ ।

पहिलो मा आईसीसी लिग २ खेल्नु पर्नेछ । जहाँ नेपाल युएई र स्कटल्याण्ड सहित डिबिजन टु बाट आउने ४ टिम गरि कुल ७ टिमले यो लिग खेल्नेछन । यहाँ बाट उत्कृष्ट ३ टिम बिश्वकप छ्नोट खेल्नेछन । भने बाकी ४ टिम लाई बिश्वकप क्वालिफायर प्ले अफ खेल्ने पर्नेछ ।

यदि नेपाल ले उत्कृष्ट ३ भित्र पर्न सके सिधै बिश्वकप छ्नोट मा स्थान बनाउने छ ।

तर उत्कृष्ट ३ भित्र नपरेमा फेरि अर्को मौका पाउने प्ले अफ का लागि पाउने छ ।

प्ले अफ मा प्ले अफ क्वालिफायर मा आईसिसी लिग २ का अन्तिम ४ टिमहरु , च्यालेन्ज कप बाट छानिएका २ टिम बिच गरि कुल ६ टिम ले प्ले अफ खेल्ने छ्न । यहाँ बाट उत्कृष्ट २ टिम ले बिश्वकप छ्नोट प्रतियोगिता खेल्नेछ्न ।

र अन्तिम भनेको बिश्वकप क्वालिफायर रहेको छ । जसमा आईसीसी सुपर लिगका अन्तिम ५ टिम हरु , आईसीसी लिग २ का उत्कृष्ट ३ टिम र बिश्वकप क्वालिफायर प्ले अफ बाट आएका २ टिम गरि कुल १० टिमले बिश्वकप क्वालिफायर खेल्नेछन । जसबाट मात्र २ टोली ले बिश्वकप खेल्ने अबसर प्राप्त गर्नेछन ।

आईसीसी को यो प्रक्रिया लाई धेरै भन्दा धेरै देश लाई सहभागिता गराउने , प्रतियोगिता खेल हरु धेरै गराउने र अनुभव सबै लाई धेरै दिने प्रयास का लागि गरिएको निर्णय को रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्