onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

यसरी मनाउदै छ्न नेपाली खेलाडीहरु ले यसपटक को दशैं

कार्तिक १ , अनलाईन खेलखबर || सदैभ नेपाल को नाम बिश्वभर फैलाउन महत्त्वपूर्ण भुमिका खेल्ने हाम्रा खेलाडी हरु लाई यसपटक भने घर परिवार , आफन्तजन तथा साथिभाई हरु सगैँ दशैं मनाउने अबसर धेरै खेलाडि हरु लाई यसपटक जुरेको छ ।

विशेष गरि यो माहोल मा अहिले कुनै पनि खेल का र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता छैनन , यस कारण खेलाडी हरु लाई यसपटक स्वदेश मै दशैं मनाउने बाताबरण सिर्जना भएको छ । अहिले धेरै खेलाडी , प्रशिक्षक हरु फुर्सदिला देखिएका छ्न र दशैं मा रमाउदै छ्न ।

यो माहोल लाई सवैले आफ्नो आफ्नो तरिका बाट मनाउने योजना बनाएका छ्न ।

यसै बिच मा नेपाली खेलकुद मा पछिल्लो समय सबैभन्दा धेरै ब्यस्तता हुने क्रीकेट का लागि पनि यो पटक सुखद माहोल छ । भखरै मलेसिया सम्पन्न बिश्वकप एसिया ( पूर्वी ) छ्नोट प्रतियोगिता को उपाधी उचालेको नेपाली क्रीकेट टोलि का सदस्य हरु लाई यसपटक को दशैं झनै सुखद हुने देखिन्छ ।

कप्तान पारस खडका पनि धेरै पछि दशैं मा यसरि मनाउँन पाउँदा निकै खुशी र उत्साहित छ्न । उनलाई दशैं अरुलाई जस्तै बिशेष लाग्छ । उनलाई दशैं भन्ने बित्तिकै बाल्यकाल का सम्झना आउने बताए चङ्गा उढाउने देखि दक्षिणा धेरै पाउने आश लाग्ने कुरा हरु ले गर्दा उनलाई दशैं रमाईलो लाग्ने बताए ।

यसपटक भने उनी परिवार आफन्तजन र साथीभाइहरू सँग भेटघाट गर्दै दशैं मनाउदै छ्न ।

यस्तै नेपाली फुटबल टिम का कप्तान बिराज महर्जन ले पनि यसपटक काठमाडौ घर मै परिवार सगैँ दशैं मनाउदै छ्न । उनलाई दशै निकै मन पर्छ ,दशैं को बेला हुने मौसम अझ रमाइलो हुने उनी बताउँछ्न । यस्तै बाल्यकाल का दशै उनी अझै सम्झछ्न । उनले पनि दशैं मा त्यस्तो विशेष योजना नभएको प्रत्येक वर्ष झै परिवार सँगै बसेर मनाउने योजना उनको छ ।

यस्तै नेपाली खेलकुद का अर्का चर्चित खेलाडी ओल्पियन दिपक बिस्ट यसपटक पुख्र्यौली घर डडेल्धुरा जादैँछ्न । दुई छोरा सहित परिवार सगँ उनले डडेल्धुरा मा कुल देवता को पुजा गरेर मनाउदै छ्न ।

यस्तै कराते का प्रशिक्षक दिपक श्रेष्ठ को योजना भने परिवार सहित मुस्ताङ घुम्ने योजना रहेको छ । बक्सिङ का प्रशिक्षक दिपक महर्जन को भने आफ्नो स्थानिय ठाँउ मा सदा झै बक्सिङ खेलाएर रमाईलो गर्ने योजना छ ।

अन्य खेलाडी हरुको पनि आ-आफ्नो तरिका बाट दशैँ मनाउने तयारी मा छ्न ।

प्रतिक्रिया दिनुहोस्