onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सप्तरी मा जारी मेयर गोल्डकप फुटबल प्रतियोगिता को पहिलो खेल मा गाईघाट स्पोर्ट्स बिजयी

असोज ३१ , लोकेन्द्र प्रसाद यादब (अनलाईन खेलखबर ) |बोदे बसाईन नगरपालिका -५ सप्तरी को आयोजना मा सप्तरी मा भईरहेको प्रथम मेयर गोल्ड कप को उद्घाटन खेलमा गाईघाट स्पोर्ट्स क्लब उदयपुर बिजयी भएको छ ।

आज भएको खेल मा डि एफ डि झापा लाई गाईघाट स्पोर्ट्स कल्व उदयपुर ले पराजित गरेको हो ।।

खेलको निर्धारित समय मा दुबै टिम बाट १/१ को मा बराबरि खेलेपछि खेल ट्राईबेकर मा गएको थियो । जस मा निकै रोमाञ्चक बन्न पुगेको खेल मा झापा विरुद्ध गाईघाट स्पोर्ट्स ले ७ का विरुद्ध ८ गोल गर्दै नतिजा आफ्नो पक्ष मा पार्न सफल भयो ।

खेल को म्यान अफ दि म्याच भने झापा का सुजन राई घोषित भए ।

प्रतियोगिता को उद्घाटन नगरपालिका का मेयर अातेश सिंह यादव ले गरेका थिए । यस्तै उक्त खेल अवसर मा आयोजक ले आफ्ना नगरपालिका भित्र रहेका २५ जना जति पुराना खेलाडी हरु लाई दोसल्ला र प्रमाणपत्र दिई सम्मान समेत गरेको थियो ।

यस्तै प्रतियोगिता मा भोलि अर्थात बिहिवार मेघा स्पोर्ट्स एकेडेमी बिराटनगर मोरङ र त्रियुगा स्पोर्ट्स टिम फतेपुर सप्तरी बिच हुने अायोजक समितिका अध्यक्ष राजकिशोर यादव ले हामी लाई जानकारी गराए ।

अकआउट प्रतियोगिता मा कुल ८ टिमहरु को सहभागिता रहेको छ । फाईनल खेल आउदो कार्तिक ७ गते हुनेछ । प्रतियोगिता को बिजेता टिम ले ५१ हजार नगद सहित कप र उपबिजेता टिम ले नगद ३५ हजार र कप पाउने छ्न भने म्यान अफ दि सिरिज ले ३ ह्जार नगद सहित मेडल ले सम्मान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्