onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पिपिएल को हस्पिटल पार्टनर को रुपमा जोडियो

असोज २९ , अनलाईन खेलखबर || आसन्न कार्तिक ९ देखी २० गते सम्म पहिलो पटक हुन गईरहेको पोखरा प्रिमियर लिग ( पिपिएल ) का लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल हस्पिटल पार्टनर को रुपमा जोडिएको छ ।

सोमबार राजधानि मा पीपीएलको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट का प्रवन्ध निर्देशक छुम्बी लामा र अस्पतालका मेडिकल निदेशक चक्रराज पाण्डे बिच पार्टनर को रुपमा सम्झौता पत्र मा हस्ताक्षर गरिएको थियो ।

अब प्रतियोगिता भर खेलाडी को स्वास्थ्य तथा चोट पटक लागेमा अस्पताल ले निःशुल्क उपचार गर्ने सम्झौता पत्र मा उल्लेख गरिएको छ ।

प्रतियोगिता नजिकिदै रहेको अबस्थामा विभिन्न सहयोगि हात हरु को पिपिएल ले साथ पाएको छ । आईतवार नै बैङ्किग पार्टनर को रुपमा नबिल बैंक जोडि सकेको छ । यस्तै विभिन्न ब्रान्ड हरु ले पनि पिपिएल का लागि सहयोगी हात बढाएका छ्न ।

प्रतियोगिता को तयारी अहिले तिब्र गति मा अघि बढिरहेको छ । मैदान देखि सम्पुर्ण तयारी का कुरा मा अहिले आयोजक तिब्र गति मा जुटिरहेको देखिन्छ ।

प्रतियोगिता मा कुल ६ टिम को सहभागिता रहने छ । जस मा टिम ले खेलाडी अनुबन्ध गर्ने क्रम लगभग अन्तिम अन्तिम चरण मा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्