onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अफगानिस्तान प्रिमियर लिग को पहिलो खेल मै सन्दिप को उत्कृष्ट प्रंदशन

असोज २९ , अनलाईन खेलखबर || युएई मा जारी अफगानिस्तान प्रिमियर लिग ( एपिएल ) को आफ्नो पहिलो खेल मा नेपाल का युवा खेलाडी सन्दिप लामिछाने ले उत्कृष्ट बलिग गर्दै एपिएल को सुरुवात गरेका छ्न ।

आईतवार राति सम्पन्न प्रतियोगिता को १५ औ खेल खेल्ने क्रम मा सन्दिप को टिम नगरहर लिओपार्ड पक्तिया प्यान्थर्स सगँ ७ बिकेट ले पराजित हुन पुग्यो ।

शारजाह क्रीकेट एसोसिएसन स्टेडियम शाहजाह मा ट्स जितेर नगरहर ले पहिले ब्याटिङ गर्दै पुरै निर्धारित २० ओवर खेल्दै सबै बिकेट गुमाएर १ सय २६ रन बनाएको थियो । मध्यम स्कोर खडा गर्न क्रम मा रहमत ले ३२ रन , बेन कटिङ ले २१ रन , यस्तै जोनसन कार्लोस ले २२ रनको योगदान गरेका थिए ।

बलिग तर्फ पक्तिया का लागि जिह रहमान ले ३ , साहिद अफ़्रिदि र उदना ले समान २/२ बिकेट लिदा युसुफ जाजाई ले १ बिकेट लिन सफल भए ।

१ सय २७ रनको सामान्य लक्ष्य पछ्याउने क्रम मा पक्तिया ले उक्त बिजयि लक्ष्य १४.४ ओवर मा मात्र ३ बिकेट गुमाएर भेटायो । जसमा मोहम्मद शाहजाद को ७८ रनको पारी प्रयाप्त भयो । यस्तै ईन्शाउल्ला ले २५ रन र शेनवारि ले १९ रन बनाउदै टिम लाई शानदार जित दिलाए ।

बलिग तर्फ नेपाल का सन्दिप लामिछाने ले टिम का लागि २ बिकेट लिन सफल भए । उनले ४ ओवर बलिग गर्दै २३ रन खर्चिएर २ बिकेट लिएका हुन । यस्तै मुजिव उल रहमान ले १ बिकेट लिए ।

प्रतिक्रिया दिनुहोस्