onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल ले चुम्यो बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता को उपाधी

असोज २६ , अनलाईन खेलखबर ।। सिगापुर विरुद्ध प्रतियोगिता को अन्तिम खेल मा बर्षा ले गर्दा खेल हुन नसकेपछि अंकतालिकामा समान अंक रहेपनि नेट रन-रेटको आधारमा नेपाल अघि रहँदै मलेसिया मा सम्पन्न बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता को उपाधी नेपाल ले उचालेको छ ।

कुल ७ टिम सहभागिता रहेको छ्नोट प्रतियोगिता को अंकतालिका को सिर्षस्थान को टोलि लाई च्याम्पियन को रुपमा मानिएको थियो । नेपाल प्रतियोगिता भर अपराजित रह्दै एसियायी क्षेत्रिय छ्नोट प्रतियोगिता को लागि छनोट समेत भएको छ भने प्रतियोगिता को प्राबधान अनुसार नेपाल सहित अंकतालिका मा दोस्रो मा रहेको सिगापुर र तेस्रो मा रहेको मलेसिया नेपाल सगैँ बिश्वकप छ्नोट को दोस्रो चरण पुगेका छ्न ।

शुक्रबार मलेसिया स्थित बायुमास ओभल मा भएको अन्तिम खेल मा ट्स जितेर नेपाल ले पहिले सिगापुर लाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । ट्स हारेर पहिले ब्याटिङ गर्ने क्रममा सिगापुर १७.३ ओवर मा अलआउट हुँदै ८१ रन बनाएको थियो ।

सिगापुर का लागि सुरेन्द्र्न चन्द्रमोहन ले सर्बाधिक २५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान ले उल्लेख्य योगदान टिम लाई गर्न नसक्दा सिगापुर सामान्य स्कोर मा सिमित हुन पुग्यो । चन्द्रमोहन ले ३२ बलको सामना गर्दै ३ चौका को मद्दत मा उक्त रन बनाए । यस्तै मनपृत सिँह र सिद्धान्त ले समान १०/१० रन को योगदान टिम लाई गरे ।

बलिग तर्फ नेपाल का लागि सन्दिप लामिछाने ले ४ बिकेट लिए भने करन केसि र सोमपाल कामी ले २/२ र ललित राजबन्शि र वसन्त रेग्मी ले १/१ बिकेट लिन सफल भए ।

यसपछि ८२ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको नेपाल ले लक्ष्य पछ्याउने क्रममा ईनिग को सुरुमै मैदान मा पानी पर्ने थालेपछी खेल वर्षाले पुरा हुन सकेन र अंक तालिकामा समान अंक रहेपनि नेट रन-रेटको आधारमा सिगापुर लाई पछि पार्दै नेपाल प्रतियोगिता को बिजेता घोषित भएको थियो ।

बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता पार गरिसके पछि नेपाल , सिगापुर र मलेसिया ले अब सन २०२० मा अस्टेलिया मा हुने बिश्वकप को दोस्रो चरण को रुपमा रहेको अर्को छ्नोट प्रतियोगिता एसियाली क्षेत्रिय छनोट प्रतियोगिता पार गर्नु पर्ने हुन्छ ।

जहाँ यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छ्नोट भईसकेका टिम सगैँ पुर्बी बाट छ्नोट भएका नेपाल , सिगापुर र मलेसिया मिलाएर कुल ६ टिम ले सहभागिता हुने गरि क्षेत्रीय छनोट प्रतियोगिता खेल्नेछन् । यहाँ बाट उत्कृष्ट २ टिम ले ग्लोबल छनोट प्रतियोगिता खेल्नेछ्न ।

यसपछि तेस्रो अर्थात् अन्तिम चरण को रुपमा बिश्वकप को ग्लोबल छनोट प्रतियोगिता रहेको छ । जहाँ आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ बरियता मा रहेका रास्ट्र र विभिन्न क्षेत्रिय छनोट पार गरेर आएका ८ गरि कुल १४ टिम ले ग्लोबल छ्नोट प्रतियोगिता मा भाग लिने छ्न । यहाँ बाट उत्कृष्ट ६ टिम ले अस्टेलिया बिश्वकप को टिकट पक्का गर्नेछ्न ।

बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता मा नेपाल सहित सिगापुर , मलेसिया , थाइल्यान्ड , चिन , भुटान र म्यानमार को सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्