onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सिगापुर द्रारा नेपाल लाई सामान्य लक्ष्य प्रस्तुत : सन्दिप को उत्कृष्ट बलिग प्रदंशन

असोज २६ , अनलाईन खेलखबर || मलेसिया मा जारी बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता को अन्तिम खेल मा नेपाल ले अहिले सिगापुर को सामना गरिरहेको छ ।

अहिले जारी खेल अघोषित फाईनल नै रहेको छ । जुन टिम ले खेल जित्छ उहीँ नै प्रतियोगिता को च्याम्पियन बन्ने छ ।

आज मलेसिया स्थित बायुमास ओभल मा ट्स जितेर नेपाल ले पहिले सिगापुर लाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । ट्स हारेर पहिले ब्याटिङ गर्ने क्रममा सिगापुर १७.३ ओवर मा अलआउट हुँदै ८१ रन वनाएको छ ।

सिगापुर का लागि सुरेन्द्र्न चन्द्रमोहन ले सर्बाधिक २५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान ले उल्लेख्य योगदान टिम लाई गर्न नसक्दा सिगापुर सामान्य स्कोर मा सिमित हुन पुग्यो । चन्द्रमोहन ले ३२ बलको सामना गर्दै ३ चौका को मद्दत मा उक्त रन बनाए । यस्तै मनपृत सिँह र सिद्धान्त ले समान १०/१० रन को योगदान टिम लाई गरे ।

बलिग तर्फ नेपाल का लागि सन्दिप लामिछाने ले ४ बिकेट लिए भने करन केसि र सोमपाल कामी ले २/२ र ललित राजबन्शि र वसन्त रेग्मी ले १/१ बिकेट लिन सफल भए ।

अब उपाधि उचाल्न नेपाल ले ८२ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफि ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्