onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बिश्वकप छनोट प्रतियोगिता मा नेपाल को अपराजित यात्रा जारी : चीन ले दिएको चुनौती नेपाल ले मात्र ११ बल मै भेटायो

असोज २४ , अनलाईन खेलखबर || मलेसिया मा जारी बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता को आफ्नो पाचौँ खेल मा नेपाल ले चीनलाई १० बिकेट ले पराजित गरेको छ ।

जारी प्रतियोगिता मा अपराजित रहेको नेपाल ले आफ्नो पाचौं खेल मा चिन ले दिएको २७ रनको बिजयी लक्ष्य नेपाल ले ११ बल मा भेटायो । नेपाल को जित मा ओपनरद्रय बिनोफ भन्डारि को २४ रन र प्रदिप एरि को ४ रन नै प्रत्याप्त भयो ।

यसअघि टस जितेर नेपाल ले पहिले चिन लाई ब्याटिङ को निम्तो दिएको थियो । जसअनुरुप चिन १३ ओवर भित्र अलआउट हुदै मात्र २६ रन बनाउन सफल भयो ।

प्रतियोगिता बाटै बाहिरी सकेको चिन नेपाली बलर सामु पुरै नै निरीह देखिए । १.५ ओवर मा चिन ले पहिलो बिकेट का रुपमा निग सोग लाई सुन्य रन मा गुमाए पछि चीन को बिकेट पतन को सुरुवात भएको थियो । उनी ललित राजबन्शि को बल मा सिकार भएका थिए ।

यसपछि चीन ले आफ्नो बिकेट क्रमश गुमाउदै गयो । पहिलो बिकेट गुमाए पछि केही सम्हालिन खोजेको देखिए पनि इनिग को सातौ ओवर मा सन्दिप ले लगातार २ बिकेट लिए पछि चिन सम्हालिन सकेन । सन्दिप को बल मा चेन जिफ्रेज चेन छ्यारेन आउट भएका थिए ।

पछि वसन्त रेग्मी ले एक पछि अर्को ब्याट्सम्यान लाई पभेलियन फर्काईदिए पछि चिन निकै कम स्कोर बनाउन सक्यो ।

चिन का लागि होग चियाङ को ११ रन नै उच्च योगदान रहयो । दयाङ्जि या ले ५ रन बनाए र चेन जिफ्रेज ले १ रन बनाए । भने बाकी ब्याट्सम्यान ले खाता खोल्न समेत सकेनन ।

चीन लाई निकै कम स्कोर मा रोक्न नेपाल का ललित राजबन्शि , सन्दिप लामिछाने र वसन्त रेग्मी ले समान ३/३ बिकेट लिन सफल भए ।

प्रतियोगिता को एकमात्र उपाधी को दाबेदार नेपाल ले यसअघि का ४ खेल हरु मा अपराजित रहदै शानदार नतिजा निकालेको छ । पहिलो खेल मा म्यानमार लाई ८ बिकेट ले पराजित गर्दा दोस्रो खेल मा आयोजक मलेसिया लाई पनि ८ बिकेट ले पराजित गर्न सफल भएको थियो ।

यस्तै तेस्रो बर्षा ले प्रभावित हुन पुगेको खेल मा थाइल्याण्ड लाई डिएल मेथड मार्फत १४० रन पराजित गरेको थियो । भने चौथो खेल मा मङ्गलबार भुटान लाई १ सय १७ रनको विशाल अन्तर ले पराजित गरेको थियो ।

अब नेपाल ले आउदो शुक्रबार सिगापुर को सामना गर्नेछ । यस प्रतियोगिता बाट ७ मध्य उत्कृष्ट ३ टिम बिश्वकप छनोट को को अर्को चरण मा पुग्नेछन ।

प्रतिक्रिया दिनुहोस्