१८ फोटो मा हेर्नुहोस , भुटान माथी नेपाल को शानदार जित

१८ फोटो मा हेर्नुहोस , भुटान माथी नेपाल को शानदार जित

असोज २३ , अनलाईन खेलखबर || मलेसिया मा जारी बिश्वकप छनोट एसिया (पुर्बी ) प्रतियोगिता को आफ्नो चौथो खेल मा नेपाल ले भुटान लाई १ सय १७ रनको बिशाल अन्तर ले पराजित गरेको छ ।

आज भएको खेल मा १ सय ५१ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ मा उत्रिएको भुटान नेपाली बलर सामु पुरै निरीह नै देखिए । भुटान १६.४ ओ वर मा अलआउट हुदै मात्र ३३ रन बनायो ।

ईनिग को पहिलो ओभर मै नेपाल का बलर ललित राजबन्शी ले भुटान का २ मुख्य ब्याट्सम्यान जिग्मी सिङ्गे र तनदिन वाङ्चुक लाई पभेलियन फर्काई दिएका थिए । यसपछि भुटान को लगातार ३ बिकेट सस्तै मा गयो सन्दिप ले लगातार ३ ब्याट्सम्यान लाई आउट गराए । कुमार सुब्बा , थिन्ले जम्सो , सन्दिप गुरुङ सन्दिप लामिछाने को बल मा आउट भए ।
भुटान को स्कोर ९ रन हुदाँ आफनो महत्त्वपूर्ण ५ बिकेट गुमाईसकेको थियो ।

यसपछि पनि ललित, वसन्त रेग्मी र दिपेन्द्र सिँह ले १/१ बिकेट लगत्तै लिए पछि भुटान पुरै निरीह बन्न पुग्यो ।

भुटान का लागि तेन्जिङ बाङ्चुक को ११ रनको पारी सर्बाधिक रहन गयो । ४ ब्याट्सम्यान ले त खाता खोल्न समेत सकेनन ।

बलिग तर्फ नेपाल का लागि सन्दिप लामिछाने र ललित राजबम्शि ले समान ३/३ बिकेट लिए भने वसन्त रेग्मी ले २ तथा दीपेन्द्र सिँह एरि र सरद भेषावकर ले समान १/१ बिकेट लिन सफल भए ।

यसअघि मलेसिया स्थित बायुमास ओभल क्रीकेट मैदान टस जितेर भुटान ले नेपाल लाई पहिले ब्याटिङ गर्न निम्तो दिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गर्ने क्रम मा नेपाल ले
निर्धारित २० ओवर पुरै खेल्दै ४ बिकेट गुमाएर १ सय ५० रन बनाएको छ । जस मा प्रदिप एरि को उत्कृष्ट ब्याटिङ को मद्दत मा नेपाल ले भुटान बिरुद्ध उक्त स्कोर खडा गर्न सफल भएको छ । प्रदिप ले अबिजित रह्दै ७५ रनको पारी खेले ६८ बलको सामना गरेका उनले ६ चौका र २ छ्क्का समेत प्रहार गरे ।

यता नेपाल ले भुटान सगँ मध्यम स्कोर खडा गरेको छ , टि – ट्वान्टी मा यो स्कोर राम्रो देखिएपनी भुटान विरुद्ध यसलाई मध्यम स्कोर कै रुपमा लिन सकिन्छ । नेपाल ले पहिलो बिकेट का रुपमा बिनोद भन्डारी लाई टिम को स्कोर ६ हुँदा शून्य रन मा गुमाएको थियो । यसपछि भने नेपाल ले सम्मालिएर खेल्यो जसमा अनिल कुमार शाह ले २७ रन , आरिफ शेख ले १३ , दीपेन्द्र सिँह एरि ले १५ र करन केसि ले अबिजित रहदै १५ रनको योगदान टिम लाई दिए ।

प्रतियोगिता को एकमात्र उपाधी को दाबेदार नेपाल ले यसअघि का ३ खेल हरु मा शानदार नतिजा निकालेको थियो । पहिलो खेल मा म्यानमार लाई ८ बिकेट ले पराजित गर्दा दोस्रो खेल मा आयोजक मलेसिया लाई पनि ८ बिकेट ले पराजित गर्न सफल भएको थियो । यस्तै तेस्रो बर्षा ले प्रभावित हुन पुगेको खेल मा थाइल्याण्ड लाई डिएल मेथड मार्फत १४० रन पराजित गरेको थियो ।

अब नेपाल ले आफ्नो पाचौँ खेल भोलि बुधबार चिन सगँ खेल्नेछ भने आउदो शुक्रबार सिगापुर को सामना गर्नेछ । यस प्रतियोगिता बाट ७ मध्य उत्कृष्ट ३ टिम बिश्वकप छनोट को को अर्को चरण मा पुग्नेछन ।

अब को क्रम मा हेर्नुहोस तस्वीर मा भुटान माथी नेपाल को शानदार जित

फोटो : रमन सिवाकोटी
















Leave a Reply

Your email address will not be published. Required fields are marked *