onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पोखरा प्रिमियर लिग लाई आईसीसी को मान्यता : टिम हरु लाई बिदेशी खेलाडी अनुबन्ध गर्न बाटो खुल्यो

असोज २२ , अनलाईन खेलखबर || नेपाल को पर्यटकीय शहर पोखरा मा यहि कार्तिक ९ गते देखि २० सम्म पहिलो पटक हुन गईरहेको पोखरा प्रिमियर लिग (पिपिएल ) लाई अन्तर्राष्ट्रिय क्रीकेट परिषद् ( आईसीसी ) ले समेत मान्यता दिएको छ ।

यो सगैँ घरेलु लिग लाई आईसीसी को तेस्रो मान्यता हो , यसअघि एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) ,धनगढि प्रिमियर लिग ( डिपिएल ) लाई पनि आईसीसी ले मान्यता दिएको थियो ।

यो सगैँ पिपिएल मा बिदेशी खेलाडी टिम मा अनुबन्धित गर्न अझ सहज अर्थात बाटो खुलेको छ ।

सोमबार पिपिएल आयोजनक क्वीन्स ईभेन्ट म्यानेजमेन्ट प्राली ले एक प्रेश विज्ञप्ति जारी गर्दै आईसिसीले पिपिएल लाई मान्यता दिएको जानकारी गराएको छ ।

पहिको पटक हुन गईरहेको प्रतियोगिता मा ६ वटा टीमहरु खेल्नेछन् । जसमा बुटवल ब्लास्टर, चितवन राइनोज, बिराटनगर टाइटन, धनगढ़ी ब्लूज, एक्सपर्ट धनगढ़ी ब्लूज, काठमाडौँ रोयल्स रहेका छन् ।

यसअघि नै टिम हरुले खेलाडी अक्सन मार्फत अनुबन्धित गरि सकेका छ्न भने मार्की खेलाडी हरु को पनि चयन भईसकेको छ । अब आईसीसी को मान्यता प्राप्त भए सगैँ टिम हरु लाई बिदेशी खेलाडी अनुबन्धित गर्न सहज बनेको छ ।

आयोजक को भनाई अनुसार यस प्रतियोगिता घरेलु क्रीकेट को ईतिहास मा सबैभन्दा ठूलो धनराशि पुरस्कार रहेको प्रतियोगिता हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्