onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाली क्रीकेट समर्थक समाज को तेस्रो साधारणसभा सम्पन्न : अध्यक्ष मा बिराज घिमिरे चयन

असोज २० , अनलाईन खेलखबर || नेपाली क्रीकेट समर्थकहरुको लोकप्रिय् संस्था नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस ) को तेस्रो साधारणसभा आज काठमाडौमा सम्पन्न भएको छ ।

काठमाडौ महाराजगन्ज स्थित ओलिभ एन्ड बसिल फुड हव मा भएको साधारणसभा मार्फत अर्को दुई बर्ष सम्म का लागि ९ सदस्यीय केन्द्रिय कार्यसमिति सर्बसम्मति का साथ चयन समेत गरिएको छ ।

अध्यक्ष मा बिराज घिमिरे चुनिएका छ्न । भने कार्यसमिति को उपाध्यक्षमा तपेन्द्र राज जोशी सचिबमा नारायण पराजुली ,सहसचिब शुभ राज दुलाल तथा कोशाध्यक्ष कपिल श्रेष्ठ रहेका छन् । यस्तै कार्यसमिती सदस्य हरु मा शलमान शाह , स्तुति बुढाथोकी , सुशील कुवर र विज्ञान चन्द्र बस्याल रहेका छन ।

नेपाली क्रीकेट को वृद्धि बिकाश मा समर्थक हरु को भुमिका माथी रहदै छरिएर रहेका समर्थक हरु लाई समटदै नेपाली क्रीकेट समर्थक समाज ( एनसिएसएस ) अघि बढदै गएको एक समर्थक हरु को सामुहिक संस्था हो ।

पछिल्लो समय नेपाली क्रीकेट का लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संस्था ले सहयोग गर्दै आएको छ । रचनात्मक तथा सिर्जनात्मक रुपमा एनसिएसएस अघि बढिरहेको छ , नेपाली क्रीकेट को बिकाश को प्रचारप्रसार देखि नेपाली क्रीकेट मा देखिएका कमि कमजोरि बेथिति माथी एनसिएसएस ले आबाज उठाउदै आएको छ ।

नेपाली क्रीकेट को अभिन्न अगं को रुपमा पछिल्लो समय आफुलाई एनसिएसएस ले उभाईसकेको अवस्था छ ।

साधारण सभा मार्फत सदा झै समग्र नेपाली समर्थक हरु लाई एकत्रित गर्दै खेलकुद मार्फत समाज रुपान्तरण साथ मा समग्र नेपाली क्रीकेट लाई योगदान दिने संस्था को मुख्य उदेश्य माथी नै रहदै आगामी दिनमा पनि उक्त कार्यलाई अघि बढाउने र त्यसै अनुसारको नीति तथा कार्यक्रम हरु समेत पारित गरेको छ l

एनसिएसएस ले आगामी दिनहरु मा क्रिकेट प्रतियोगिता गराउने, संस्थाको शाखा विस्तार गर्ने, कर्पोरेट हाउस र क्रिकेटका सरोकार वाला संग सम्पर्क विस्तार गर्ने, ओझेलमा परेका प्रतिभाहरुलाई अघि ल्याउने लगायत कार्यक्रम ल्याउने प्रतिबद्धता ब्यक्त समेत साधारण सभाले गरेको छ ।

साधारणसभा मा आर्थिक प्रतिबेदन संस्था का कोषाध्यक्ष कपिल श्रेष्ठ ले प्रस्तुत गरे भने विभिन्न बक्ता हरु संस्था को बारेमा कार्य योजना माथी आफ्ना भनाई राखेका थिए ।

साधारण सभा मा संस्था का मुलुक भर बाट सदस्य हरु काठमाडौ मा उपस्थित भएका थिए । संस्था का साधारण सदस्य , एसोसियट , आजिवन सदस्य हरु , कार्यसमिति प्रदाधिकारी तथा सस्थापक हरु को साधारणसभा मा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्